arrow

कांग्रेस नेता चन्द्र भण्डारीका भाइ सहप्राध्यापक शंकर भण्डारीको कार दुर्घटनामा निधन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १५ मंगलबार
shankar.jpg

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीका भाइ शंकर भण्डारीको बुटवल चरङ्गेमा भएको कार दुर्घटनामा निधन भएको छ ।

त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक समेत रहेका ५२ वर्षीय भण्डारीको मंगलबार साँझ दुर्घटनामा निधन भएको हो ।

देवदह–१० चरङ्गेबाट बुटवलतर्फ आउँदै गर्दा आफैँले चलाएको बा १७ च ६०६६ नम्बरको कार दुर्घटना हुँदा भण्डारीको निधन भएको प्रहरीले बताएको छ । कारमा सँगै यात्रामा रहेका आफन्त थानेश्वर भण्डारीको भने अवस्था सामान्य छ ।

बेलुकी करिब ८ बजेतिर सडक छेउको कल्भर्टमा कार ठक्कर खाएको थियो । उनको पार्थिव शरिरलाई काठमाडौं ल्याइँदैछ । बुधबार दिउसो पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ