arrow

विमलेन्द्र, शशांक र प्रकाशमानको अबको छलफल केन्द्रीय सदस्यहरूसँग 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १५ मंगलबार
koirala- nidhi-singh.jpg

काठमाडौं । तेस्रो पटकको छलफलपछि नेपाली कांग्रेसका नेता त्रय विमलेन्द्र निधि, शशांक कोइराला र प्रकाशमान सिंहले अबको छलफल केन्द्रीय सदस्यहरूसँग गर्ने निर्णय गरेका छन् । 

तीन नेताबीच आज नेता सिंहको चाक्सीबारीस्थित निवासमा छलफल भएको थियो । सो छलफलपछि १४औं महाधिवेशनमा अब कसरी अघि बढ्ने भन्ने विषयमा आगामी शुक्रवार केन्द्रीय सदस्यहरूसँग छलफल गर्ने निर्णय भएको हो । 

केन्द्रीय सदस्यहरूसँगको छलफलपछि आगामी महाधिवेशनमा सभापतिका आकाङ्क्षी रहेका नेताहरूसँग पनि छलफल गरिने नेता सिंहले जानकारी दिए । 

‘हामीबीचमा छलफल भइरहेकै छ, अब केन्द्रीय सदस्यहरूसँग पनि छलफल गर्छौ, त्यसपछि नेतृत्वका आकांक्षीहरूसँग पनि बस्छौं, अहिलेसम्मको हाम्रो छलफल सहभागी बाटोमा छ,हामी यही 'स्पिरिट'बाट अघि बढ्छौं,’ नेता सिंहले हाम्राकुरासँग भने । 

तीन नेताबीच निरन्तर महाधिवेशन लक्षित समीकरणका विषयमा छलफल हुँदै आइरहेको छ । तीन नेताबीचको छलफलमा पार्टी भित्र कायम रहँदै आएका गुटलाई अन्त्य गर्ने र १४औं महाधिवेशनलाई एकताको महाधिवेशन बनाएर अघि बढ्ने विषयमा छलफल हुँदै आइरहेको हो । 

उनीहरूले सकेसम्म साझा उम्मेदवार बनाएर सहमतिमा नै यस पटक नेतृत्व चयन गर्ने विषयमा छलफल गरिरहेका छन् । सो रणनीति अनुसार सबै आकांक्षीहरुबीच छलफल गर्ने र सहमति हुने सम्भावना भए स्विकार्ने विषयमा उनीहरू बीच छलफल भइरहेको छ । 

नेता त्रय बीच यसअघि महामन्त्री कोइरालाको निवास महाराजगंजमा ११ असारमा छलफल भएको थियो भने त्यसअघि ७ असारमा उपसभापति निधिको मध्य बानेश्वरस्थित निवासमा छलफल भएको थियो । 

हालसम्म यी तीनै जना नेताले पनि आफू आगामी महाधिवेशनमा सभापतिमा उठ्ने बताउँदै आइरहेका छन् । कांग्रेसको १४औं महाधिवेशन १६ देखि १९ भदौसम्म काठमाडौंमा हुँदैछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ