arrow

यूथ कांग्रेस अमेरिकाबाट सरकारलाई आधा दर्जन बढी अक्सिजन कन्सन्ट्रेटर

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १४ सोमबार
youth congress.jpg

काठमाडौं । यूथ कांग्रेस नेपालले प्रदेश तथा स्थानीय सरकारलाई सात वटा अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको छ । यूथ कांग्रेस अमेरिकाका संयोज सुरेश दर्पण पोख्रेलको नेतृत्वमा ७ वटा अक्सिजन कन्सन्ट्रेटर नेपाल पठाइएको हो ।

यूथ कांग्रेस अमेरिकाका संयोज पोख्रेलको नेतृत्वमा अमेरिकामा रहेका नेपालीहरुको सहयोगबाट उक्त कन्सन्ट्रेटरहरु उपलब्ध हुनसकेको हो ।

सात वटा अक्सिजन कन्सन्ट्रेटरमध्ये दुई वटा काठमाडौं महानगरपालिका वडा नम्बर ३० स्थित  जनता स्वास्थ केन्द्र आइसोलेसन सेन्टरलाई हस्तान्तरण गरिएको यूथ कांग्रेस नेपालका महामन्त्री  महेश दुलालले बताए । यी कन्सन्ट्रेटर करिब एक साता अघि हस्तान्तरण गरिएको हो ।

त्यस्तै सोमबार अर्थात आज पाँच वटा अक्सिजन कन्सन्ट्रेटर प्रदेश २ लाई हस्तान्तरण गरिएको छ । यूथ कांग्रेस प्रदेश २ का संयोजक रमेस राजलगायतले मुख्यमन्त्री लाल बाबू राउतमार्फत पाँच वटा कन्सन्ट्रेटर हस्तान्तरण गरिएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ