arrow

गुठिचौरबाट पार्टी सचिवमा दानबहादुरको दाबी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १४ सोमबार
dan-bahadur.jpg

जुम्ला । नेपाली काँग्रेसको आगामी जिल्ला अधिवेशनमा गुठिचौर गाउँपालिकाले पदाधिकारीमा दाबी गर्ने तयारी गरिरहेको छ । जिल्लाका आठ वटा स्थानीय तह मध्ये गुठिचौर गाउँपालिकामा केही वर्ष पहिला अत्यन्तै कमजोर रूपमा रहेको नेपाली काँग्रेस पछिल्लो समय मजबुत बन्दै गएको छ ।
 
२०७४ सालको स्थानीय तहको निर्वाचन पछि नेपाली काँग्रेसको विस्तार भइरहेको छ । गाउँपालिकाका ५ वटै वटामा अहिले काँग्रेस बलियो रूपमा देखा परेको छ । नेपाली काँग्रेस गुठिचौरले जिल्ला अधिवेशनमा पदाधिकारीको तयारी गरिरहेको पदाधिकारीका उम्मेदवारको रूपमा दान बहादुर बुढालाई अघि सारिएको नेपाली काँग्रेस गुठिचौर गाउँ एकाइ कामिटिका सभापति अर्जुन महतराले जानकारी दिएका छन् । 

स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट गाउँपालिका अध्यक्षका उम्मेदवार बनाएका दानबहादुर बुढाले पराजित ब्यहोरा थिए । उनले निर्वाचनमा हार वेहोरेपनि नेपाली काँग्रेसको सङ्गठन विस्तारमा दिन रात लागि परेकाले अहिले गुठिचौर गाउँपालिकाका क्रियाशील सदस्यहरूले उनलाई नै गाउँपालिकाको तर्फबाट एकल उम्मेदवारको रूपमा पठाउने तयारी गरिरहेका छ ।
 
आगामी जिल्ला अधिवेशनमा पार्टी सचिवमा दाबी गर्छौ  दानबहादुर बुढा
'नेपाली काँग्रेसको जुम्ला जिल्लाको अधिवेशनमा जिल्ला कमिटीको पार्टी सचिवको रूपमा साझा उम्मेदवारको रूपमा गाउँपालिकाबाट प्रतिनिधित्व गर्ने तयारी गरिरहेको छु । गाउँपालिकामा रहेका एक सय भन्दा धेरै क्रियाशील सदस्यहरूले एक आवाजका साथ मलाई पार्टी सचिवमा सहयोग गर्ने र नेपाली काँग्रेस गुठिचौर गाउँपालिकाले पनि नेपाली काँग्रेसको जिल्ला नेतृत्वदायी भूमिकामा रहनु पर्छ भन्ने आवाजहरू आइरहेका छन् ।  हामीले गुठिचौर गाउँपालिकामा के कति सङ्गठन विस्तार गरेका छौ भन्ने कुरा त हामीले भनिरहनु पर्दैन । त्यो पार्टी कमिटीले मुल्याकंन गर्ने कुरा हो । अव को नेतृत्व सबै तर्फ छरिनु पर्छ । हामीले पनि पार्टीलाई सुदृढ गर्न लागि पर्नु पर्छ । अबको स्थानीय निर्वाचन, प्रदेश निर्वाचन र सङ्घीय निर्वचनमा काँग्रेसका उम्मेदवारहरूलाई विजयी गराउन पार्टीमा नयाँ सक्षम नेतृत्व आवश्यक छ । त्यो कुरा यो अधिवेशनले पनि परिपूर्ति गर्नेमा विश्वास लिएका छौ ।'

 
केही समय अगाडी जुम्लाका आठ वटा गाउँपालिका मध्ये अत्यन्तै कमजोर मानिएको गुठीचौर गाउँपालिका अहिले पछिल्लो समय मजबुत र बाबियो बन्दै गएको छ ।  २०७४ सालको स्थानीय निर्वाचनमा पराजित व्यहोरेका युवा नेता बुढाले निर्वाचन हारे लगतै प्रत्येक बस्तीमा धन्यवाद ज्ञापनका लागि महिनौँ भेटघाटमा व्यस्त रहे हारे पनि आफू समाजसेवी नेता भएको भन्दै आफ्नो सम्पूर्ण समय समाजसेवामै व्यतीत गरेका बुढाले गुठीचौर गाउँपालिकाका पाँच वडा बाट ८० जना जिल्ला प्रतिनिधिहरू एक ढिक्का भएर आउने र जिल्लामा तमाम नेता तथा कार्यकर्ताको आफूलाई  समर्थन गर्ने नेता बुढाको दाबी छ। 

जिल्लामा पदाधिकारीको रूपमा रहन कुनै व्यक्ति वा लाइनमा आबद्ध भई जिल्लामा मात्र केन्द्रित हुनु पर्छ भन्ने कुरालाई चिर्दै सकेसम्म आफूहरू सहमतिको बाटोमा जाने र नभए कुनै एक बलियो लाइन समातेर निर्वाचनमा जानु पर्ने भए पनि तयार रहने गाउँ एकाइ कमिटीले जानकारी दिएको छ ।  

कुनै समय जुम्लामा बलियो खम्बाको रूपमा रहेको नेपाली काँग्रेस हाल नेताहरूको बजार केन्द्री करणका कारण गाउँमा अधिकांश कार्यकर्ताहरू रुष्ट भएका छन् । भने गुठिचौरमा भने उल्लेख्य उपलब्धि देखिएको छ। यही रफ्तारमा जाने हो र आगामी अधिवेशनले युवा नेताहरूलाई हतोत्साहित नबनाउने हो भने साङ्गठनिक हिसाबले गुठीचौर गाउँपालिका जिल्लाको नमुना गाउँपालिका हुनेमा कुनै द्विविधा छैन । 

पार्टीमा मात्र नभई सङ्गठन विस्तारमा हरदम दिलो ज्यान दिएर लागेका यस्ता युवा नेताहरूलाई जिल्ला कमिटीमा ल्याउनु समग्र जिल्लाको साङ्गठनिक हित हुने र आसन्न सङ्घ र प्रदेशको निर्वाचनमा समेत ठुलो उपलब्धि हासिल गर्न सकिने विश्लेषकहरू बताउँछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ