arrow

कांग्रेस नेता गिरी र पाण्डेद्वारा बाँकेमा क्रियाशील सदस्यता विवाद टुङ्ग्याउन सुझाव 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १२ शनिबार
banke-congress.jpg

नेपालगन्ज । नेपाली कांग्रेसका दुई जना केन्द्रिय सदस्यले शनिबार बाँकेमा नेता कार्यकर्ताहरुसंग भेटघाट गरेका छन्। पार्टी कार्यालयमा केन्द्रिय सदस्य तथा पूर्वमन्त्री दीपक गिरी र केन्द्रिय सदस्य सुरेन्द्र पाण्डेले कार्यकर्ताहरुसंग भेटघाट गरेका हुन् ।

जिल्लामा देखिएको क्रियाशील सदस्यता विवाद र आगामी १४औं महाधिवेशनका विषयमा नेताद्वयले जिल्लाका नेता कार्यकर्तासंग छलफल गरेका थिए ।  बाँके सभापति किरण कोइराला र उपस्थित अन्य नेता कार्यकर्ताले जिल्लामा उत्पन्न क्रियाशील सदस्यता विवाद, विवाद समाधानका लागि जिल्ला तहमा भएका प्रयास, क्षेत्र नम्बर १ मा झण्डै ४र५ सय नयाँ सदस्यता इन्ट्री नगरिएको विषयमा गुनासो गरेका थिए ।

क्षेत्र नम्बर १ मा क्षेत्रीय सभापतिले पूर्वाग्रही बनेर वडाबाट सिफारिस भएर गएका नामहरु पनि इन्ट्री नगरेको भन्दै उनीहरुले आक्रोश समेत पोखेका थिए ।

नेताद्वयले निर्धारित मितिमा जसरी पनि महाधिवेशन गर्नुपर्ने बाध्यात्मक अवस्था रहेकाले समयमै विवाद समाधान गरेरै पार्टी महाधिवेशनमा होमिने बताएका थिए । बर्दियाको नयाँ क्रियाशील सदस्यता र नवीकरणमा देखिएको शुल्क विवाद समाधानका लागि गुलरिया पुग्नुभएका गिरी र पाण्डेले काठमाण्डौ फर्कने क्रममा बाँकेका नेता कार्यकर्तासंग छलफल गरेका हुन् ।

यसअघि शनिबार नेपाली काङ्ग्रेस बर्दियाको पार्टी कार्यालयमा केन्द्रिय सदस्यद्वय गिरी र पाण्डे एवम् जिल्ला सभापति सञ्जय गौतम , जिल्ला सदस्य, पदाधिकारी तथा विभिन्न सरोकारवाला नेता(कार्यकर्ताको बीचमा व्यापक छलफल भई क्रियाशिल सदस्यताको शुल्कको विषयमा जिल्ला कार्यसमितिको पूर्ववत्  निर्णय बमोजिम नै शुल्क लिएर क्रियाशील सदस्यता नविकरण एवम् वितरण गर्ने सर्वसम्मत निर्णय भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ