थप २४ सय ७६ जनामा कोरोना संक्रमणः ५४ सय ५५ जना निको भए
हाम्रा कुरा
प्रकाशित २०७८ असार ११ शुक्रबार
407
Shares
काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार १४ हजार ३५१ जनाको परीक्षण गरिएकोमा २ हजार ४७६ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्ला २४ घण्टामा ५ हजार ४५५ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले पीसीआर विधिबाट १ हजार ७२१ र एन्टिजेन विधिबाट ७५५ जनामा परिक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको जनाएको हो ।
पछिल्लो २४ घण्टामा थप २७ जनाले कोरोनामा परेर ज्यान गुमाएका छन् । नेपालमा हालसम्म ८ हजार ९४५ जनाको कोरोना संक्रमणमा परेर निधन भएको छ । मन्त्रालयको नयाँ तथ्यांक अनुसार नेपालमा ४५ हजार ७९४ सक्रिय संक्रमित छन् ।