arrow

जातीय विभेदको घटनामा कांग्रेसको प्रश्नः  संविधानमा लेखिएका न्यायका अक्षरहरुको मूल्य के ?

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ११ शुक्रबार
congress-party-office-1.jpg.jpeg

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले जातीय विभेदको घटनामा राज्यकै भूमिकामाथि प्रश्न उठाएको छ ।

केही दिन अघि बबरमहलमा भएको घटनामा आरोपित रहेकी घरबेटीलाई छुटाउन सरकारकै मन्त्री प्रहरी कार्यालय गएको घटनाले राज्यकै भूमिकामाथि गम्भीर प्रश्न उब्जिएको कांग्रेसले भनेको हो ।

प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार विज्ञप्ति जारी गर्दै रुपा सुनार र घरबेटी सरस्वती प्रधानबीचको जातीय विभेद प्रकरणमा सरकारकै मन्त्रीको भूमिकाले एक पक्षधरताको सन्देश दिएको र मन्त्रीकै व्यवहारले कानूनी र नैतिक कोणबाट प्रश्न उब्जिएको भनेका हुन् ।

गत बुधबार जातीय विभेदको आरोपमा हिरातमा रहेकी बबरमहलकी प्रधानलाई रिहा गराउन शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ आफैं प्रहरी बृत्त सिंहदरबार पुगेका थिए । प्रधान रिहा भएपछि मन्त्री श्रेष्ठले आफ्नै झण्डावाल गाडीमा राखेर घरसम्म छाडिदिएका थिए ।

कांग्रेसले सो घटनालाई लिएर राज्य पक्षले सर्तकता र गम्भीरता देखाउनु पर्नेमा उल्टै पक्षधरता लिएको प्रति चिन्ता व्यक्त गरेको हो ।

‘राज्यको भूमिका जिम्मेवार बनाउन सकिन्न भने हिजो गाइएका समानताका गीतहरु र आज संविधानमा लेखिएका न्यायका अक्षरहरुको मूल्य के बाँकी रहन्छ प्रधानमन्त्रीज्यू ?’ विज्ञप्तिमा कांग्रेसले प्रधानमन्त्रीलाईसमेत प्रश्न गर्दै भनेको छ ।

कांग्रेसले प्रश्न रुपा सुनार र सरस्वती प्रधानबीचको संवाद र विवादको मात्रै नभएर सो प्रकरणले हामी कस्तो समाज, कस्तो संस्कार र कस्तो न्याय प्रणाली स्थापित गर्न चाहन्छौं भन्ने प्रश्न समाजमा विभेदका कारण अपमान, अवहेलना र हत्याका घटना हने गरेको भन्दै विभेदमुक्त समाजका लागि राज्यको सार्थक समन्वय र अभिभावकीय भूमिका देशले खोजिरहेको विज्ञप्तिमा भनिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ