arrow

कांग्रेसको कोभिड कोषमा जनसम्पर्क समिति अमेरिकाले पठायो ४८ लाख रुपैयाँ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ११ शुक्रबार
nepali-congress-flag-tree.jpg

अमेरिका। कोभिड महामारी विरुद्धको उपचार तथा स्वास्थ्य सामग्री उपलब्ध गराउन नेपाली जनसम्पर्क समिति अमेरिकाले ४८ लाख बराबरको नेपाली रकम सङ्कलन गरेर नेपाल पठाएको छ । कोभिडका कारण उपचार अभावमा मातृभूमिका कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यका साथ समितीले ४१ हजार ३४ अमेरिकी डलरको ४८ लाख बराबरको रकम सङ्कलन गरेर नेपाल पठाएको हो।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको परिपत्र अनुसार नेपाली जनसम्पर्क समिति,अमेरिकाले कोभिड–१९ उपचार सहयोग एवं स्वास्थ्य सामाग्री वितरणका लागि रकम सङ्कलन गरेर पठाएको हो ।

सङ्कलित रकम दुई पटक गरी पार्टीले सञ्चालन गरेको राष्ट्रिय वाणिज्य बैंक, टेकू शाखामा रहेको नेपाली कांग्रेसको खातामा जम्मा गरी सकिएको नेपाली जनसम्पर्क समिति अमेरिका सभापति तथा आमन्त्रित केन्द्रीय सदस्य आनन्द विष्टले जानकारी दिए।

विष्टले बिपतका समय मातृभूमिप्रति देखाएको यस सद्भावको उच्च कदर गर्दै समितिको अनुरोध र पार्टीको परिपत्र अनुसार सहयोग रकम पठाउने सबै सहयोगी दाताहरूप्रति सिङ्गो पार्टी र नेपाली जनसम्पर्क समिति, अमेरिकाको तर्फबाट कृतज्ञता सहित धन्यवाद व्यक्त गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ