arrow

कांग्रेस सचिव थापासहित दुईको सडक दुर्घटनामा मृत्यु 

logo
विवेक मिश्र,
प्रकाशित २०७८ असार ७ सोमबार
krishna-bahadur-thapa-moran.jpg

मोरङ । मोरङको बिराटचोकमा आइतबार साँझ भएको सडक दुर्घटनामा नेपाली कांग्रेस धनकुटाका सचिवसहित दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत बिराटचोक पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको टिफरले विपरीत दिशाबाट आउँदै गरेको को ३६ प ५९७९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । 

सोही क्रममा पूर्वतर्फ जाँदै गरेको सचिव कृष्णबहादुर थापा सवार को २९ प  ९५५० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय मोरङले जनाएको छ । 

दुर्घटनामा अर्को मोटरसाइकल चालक इटहरीका दिपु शाहको पनि मृत्यु भएको हो । कुमार थापा सवार मोटरसाइकलका अर्का व्यक्ति धनकुटाका भिमबहादुर थापा पनि गम्भीर घाइते भएका छन् । 

उनको बिराटनगर स्थित बिराट नर्सिङ होममा उपचार भईरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ