arrow

खोप समयमै ल्याउन नसक्नु सरकारको कुटनीतिक असफलता हो : नेता सिंह

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ६ आइतबार
prakashman-congress.jpg

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले सरकारले जनताको स्वास्थ्यमा गम्भीर हेल चेक्राई गरेको बताएका छन् ।

आइतबार विहान आफ्नै निवासमा पत्रकारहरुसँग कुुराकानी गर्दै नेता सिंहले सरकार कमिशनको खेलमा लागेका कारण कोराना विरुद्धको भ्यासिन समयमा नै ल्याउन नसकेको बताएका हुन् ।

उनले पहिलो डोज खोप लगाएका १४ लाख नागरिक दोस्रो डोजको पर्खाइमा रहेकाले तत्काल यसमा ध्यान दिन सरकारलाई आग्रह समेत गरेका छन् । कोरोना विरुद्धको दोस्रो डोज खोप समयमा नै ल्याउन नसक्नुले सरकार कुटनीतिक रुपमा असफल भएको समेत उनले दाबी गरे ।

‘पहिलो डोज खोप लगाएका १४ लाख नागरिकहरु अहिले दोस्रो डोजको प्रतिक्षामा छन्’ उनले भने,  ‘समयमा नै दोस्रो डोज खोप लगाउन नपाउँदा ति जनताको स्वास्थ्य अहिले जोखिममा छ । यसमा सरकारको समयमा नै ध्यान जाओस् ।’
साथै नेता सिहंले जनताको स्वास्थ्य जस्तो संवेदनशिल विषयमा सरकारले हेलचेक्राई गर्न नहुने बताए । सरकार उत्तरदायी नहुँदा समयमा नै कोरोना नियन्त्रण हुन नसकेको उनको आरोप छ ।

फरक प्रसङ्गमा नेता सिंहले पार्टीका १४ महाधिबेशनको तयारी तिव्र रुपमा भइरहेकाले समयमा नै महाधिबेशन सम्पन्न हुने बताए । साथै उनले ४ महाधिवेशन समयमा नै सम्पन्न गर्ने वातावरण निर्माण गर्न र विधि प्रक्रिया अनुसार अगाडी बढ्न पार्टीका नेता कार्यकर्तालाई आग्रह समेत गरे ।

नेता सिंहले सिन्धुपाल्चोक, मनाङ लगायत देशका विभिन्न भागमा अविरल वर्षाका कारण आएको बाढी पहिरोले जनजीवन कष्टकर बनाएकाले गम्भीरताका साथ पहल थाल्न सरकारसँग अपिल गरेका छन् ।

उनले देशभर बाढी पहिरोको मारमा परेका नागरिकको दुःखमा आआफ्नो ठाउँबाट साथ र सहयोग गर्न पनि सबैलाई आग्रह समेत गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ