arrow

देउवाको दोहोरिने तीव्र चाहना, दैनिक छलफलमा, प्रदेश १ र २ पछि बागमतीका नेताहरुसँग छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ६ आइतबार
deuba-nc-congress.jpg

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १४औं महाधिवेशनबारेको छलफललाई तिव्र पारेका छन् ।

शुक्रबार महाधिवेशनको संशोधन कार्यतालिकालाई केन्द्रीय समिति बैठकबाट अनुमोदन गराएका देउवाले शनिबारबाट नै सक्रियता बढाएका हुन् ।

देउवाले शनिबार प्रदेश १ र प्रदेश २ बाट पार्टी केन्द्रमा प्रतिनिधित्व गर्ने आफू निकट नेताहरुलाई बोलाएर महाधिवेशन बारे छलफल गरेका थिए । आज आइतबार भने देउवाले बागमती प्रदेशबाट पार्टी केन्द्रमा प्रतिनिधित्व गर्ने नेताहरुलाई छलफलका लागि बुढानिलकण्ठस्थित निवासमा डाकेका हुन् । कांग्रेस केन्द्रीय सदस्य शिव हुमागाँइले सभापतिले छलफलका लागि बोलाएको बताए ।

‘महाधिवेशनबारे छलफल छ, आउनुस् भन्ने खबर आएर म बुढानिलकण्ठ गएको छु’ नेता हुमागाँइले हाम्राकुरासँग भने । देउवाले शनिबारको छलफलका क्रममा भने आफू १४औं महाधिवेशनमा पुनः पार्टी सभापतिका लागि उम्मेदवार बन्ने भन्दै सघाउन नेताहरुलाई आग्रह गरेका थिए ।

सो क्रममा उनले सो सन्देश महाधिवेशन प्रतिनिधिहरु समक्ष पुर्याउन पनि भनेका थिए । देउवाले आजै आइतबार गण्डकी प्रदेशबाट पार्टीको केन्द्रीय सदस्य बनेका नेताहरुसँग पनि छलफल गर्ने बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ