arrow

कोरोनाबाट कांग्रेस नेता एवं पूर्व संचार राज्यमन्त्री विष्टको निधन 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ६ आइतबार
tapta-bahadur-bista-congres.jpg

काठमाडौं । नेपाली कांग्रेसका नेता तप्तबहादुर बिष्टको निधन भएको छ । पूर्वसञ्चार राज्यमन्त्री विष्टको कोरोनाका कारण आइतबार बिहान ५ बजेतिर मिडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको हो । 

उनी लामो समय सुर्खेत जिल्ला पार्टी सभापति रहेका थिए । उनी २०७० सालमा सुर्खेत क्षेत्र नम्बर ३ बाट संविधान सभा सदस्य निर्वाचित भएका थिए । 

उनी २०७४ सालमा शेरबहादुर देउवा नेतृत्वको सरकारका पालामा सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री बनेका थिए । 

सुर्खेतमा कोरोना संक्रमणको उपचार गराइरहेका बिष्टलाई थप उपचारका लागि केही दिनअघि मात्रै हेलिकप्टरमा काठमाडौं ल्याइएको थियो ।

सुर्खेतबाटै प्रतिनिधित्व गर्ने कांग्रेस महामन्त्री एवं पूर्व गृहमन्त्री पूर्णबहादुर खड्का र कांग्रेस केन्द्रीय सदस्य एवं पूर्व मन्त्री हृदयराम थानीले विष्टको निधनले पार्टीमा अपुरणीय क्षति भएको बताएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ