arrow

आसन्न १४ औं महाधिवेशनमा सभापतिमा चुनाव लड्ने देउवाको संकेत

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ५ शनिबार
deuba-nc-congress.jpg

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरहादुर देउवाले आफू फेरि सभापतिका लागि तयारी गर्ने संकेत गरेका छन् ।शनिबार प्रदेश १ का आफूनिकट केन्द्रीय सदस्यसँग पार्टीको आसन्न १४औं महाधिवेशनबारे छलफलका क्रममा पुनः पार्टी सभापतिका लागि इच्छुक रहेको संकेत गरेका हुन् ।

कांग्रेस केन्द्रीय समितिको हिजो बसेको बैठकले आगामी भदौ १६ देखि १९ गतेसम्म पार्टीको महाधिवेशनको कार्यतालिका अनुमोदन गरेको थियो। त्यसैको भोलिपल्ट देउवाले शनिबार बिहान प्रदेश १ का केन्द्रीय सदस्यहरुलाई आफ्नै निवास बुढानीलकण्ठमा डाकेर छलफल गरेका हुन्।

छलफलका क्रममा उनले भने, अब म मेरै नेतृत्वमा यो पार्टीलाई सबैभन्दा ठूलो बनाउँछु र सरकारको नेतृत्व गरेर कांग्रेसको बाटोमा मुलुकलाई अगाडि बढाउछु ।’ उनले संशोधित कार्यतालिका अनुसार महाधिवेशन हुने र सभापतिमा आफू फेरि लड्ने बताएका हुन् ।

प्रतिनिधिसभाको पछिल्लो निर्वाचनमा लोकप्रिय मत हुँदाहुँदै पनि सिट कम जितेको उल्लेख गर्दै देउवाले अब आफ्नै नेतृत्वमा कांग्रेसलाई सबैभन्दा ठूलो पार्टी बनाउने र सरकारको नेतृत्व गरेर मुलुकलाई अगाडि बढाउने आकांक्षा व्यक्त गरेको छलफलमा सहभागि एक केन्द्रीय सदस्यले बताए ।

छलफलमा सहमहामन्त्री सुनिल थापा, केन्द्रीय सदस्यहरू ज्ञानेन्द्रबहादुर कार्की, मीन विश्वकर्मा, सीता गुरुङ, बाबुराम बस्नेत, डा.डिला संग्रौला, सुजाता परियारलगायतले सहभागिता जनाएका थिए। सातै प्रदेशका केन्द्रीय सदस्यसँग छुट्टाछुट्टै भेट्ने कार्यक्रमलाई उनले प्रदेश १ बाट सुरु गरेको जनाइएको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ