arrow

रहेनन् कांग्रेसका पहिलो दलित जननिर्वाचित सांसद परियार

logo
सौरभ गिरी,
प्रकाशित २०७८ असार ४ शुक्रबार
krishna-singh-pariyar-congr.jpg

नेपालगञ्ज । नेपाली कांग्रेसका पाका नेता कृष्णसिंह परियारको निधन भएको छ । कांग्रेसका पहिलो जननिर्वाचित दलित सांसद परियारको शुक्रबार बिहान ७ बजे नेपालगञ्ज १२ कोरियनपुरस्थित आफ्नै निवासमा निधन भएको हो । 

मधुमेह र उच्चरक्तचापले लामो समयदेखि थलिएका परियारको ६८ वर्षको उमेरका निधन भएको हो । उनको निधनमा बाँके जिल्ला कांग्रेसले श्रद्धाञ्जलि कार्यक्रम राखेको छ ।

उनको पार्थिक शरीर मध्यान्ह १२ देखि १ बजेसम्म कांग्रेस जिल्ला पार्टी कार्यालयमा राखिने जिल्ला सभापति किरण कोइरालाले जानकारी दिएका छन् । 

वडाध्यक्ष बुद्धिसागर सुवेदीले परियारले समयमा औषधिसमेत सेवन नगर्ने गरेको परिवारबाट थाहा भएको बताएका छन् । उनी २०४८ को संसदीय निर्वाचनमा बांके क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए । 

उनी तत्कालीन संसदमा राज्य ब्यवस्था समितिको सभापति जस्तो महत्त्वपूर्ण पदमा रहेर जिम्मेवारी निभाउन सफल भएका थिए । बीपीको प्रजातान्त्रिक समाजवादप्रति प्रतिबद्ध नेता परियार पंचायती ब्यवस्थाको विरुद्धमा संघर्ष गर्दा धेरै दुःख कस्ट ब्यहोर्दै  जेल नेल खाएका थिए । 

उनले जातीय विभेद विरुद्ध अग्रणी भूमिका निर्वाह गरेका थिए । 

उनका दुई श्रीमती रहेकामा जेठी शान्ति परियार नेपालगञ्ज २ की वडा सदस्य थिइन् । उनको कोरोना संक्रमणबाट निधन भएको थियो । 

कान्छी श्रीमती रहेकी छिन् । त्यस्तै जेठीबाट दुई छोरा र दुई छोरी तथा कान्छीबाट दुई जना छोरा गरी ६ सन्तान रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ