arrow

कांग्रेस महाधिवेशन कार्यतालिका फेरि संशोधनः शुक्रबार टुंगो लाग्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ३ बिहिबार
nepali-congress-flag-tree.jpg

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका फेरि संशोधन गरेको छ । बिहीबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकले पदाधिकारी बैठकले हेरफेर गरेको केन्द्रीय महाधिवेशनको मितिलाई यतावत राख्दै तल्ला तहका कार्यतालिकालाई फेरी संशोधन गरेको हो ।

बिहीबारको बैठकले संशोधन गरेको कार्यतालिका अनुसार १२ साउनमा वडा अधिवेशन, १६ साउनमा गाउँ र नगर समितिको अधिवेशन, २० साउनमा प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन, २३ साउनमा संघीय निर्वाचन क्षेत्रको अधिवेशन, २६ साउनमा एक भन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन तोकिएको छ ।

यसैगरी प्रदेश समितिको अधिवेशन पहिले तय भएकैलाई यथावत राखिएको छ । जसअनुसार १ र २ भदौमा प्रदेश अधिवेशन हुनेछ । नयाँ कार्यतालिका अनुसार कांग्रेसको केन्द्रीय  महाधिवेशन १६ देखि १९ भदौसम्म हुनेछ ।

कांग्रेस सहमहामन्त्री डा.प्रकाशसरण महतले तल्ला तहको अधिवेशनका कार्यतालिका हेरफेर भएको र शुक्रबार बस्ने बैठकले वडा देखि केन्द्रसम्मका कार्यतालिकालाई अनुमोदन गर्ने जानकारी दिए ।

‘तल्ला तहका अधिवेशनका मिति हेरफेर गर्ने गरी कुरा भएको छ, बैठक भोली फेरी बस्छ, शुक्रबार नै सबै टुंगो लाग्छ,’ कांग्रेस सहमहामन्त्री महतले भने ।

यसअघि पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकमार्फत कांग्रेसले ६ साउनमा वडा अधिवेशन गर्ने निणर्य गरेको थियो । यस्तै ११ साउनमा गाउँ र नगर समितिको अधिवेशन, १६ साउनमा प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन, २० साउनमा संघीय निर्वाचन क्षेत्रको अधिवेशन, २० साउनमा एक निर्वाचन क्षेत्र भएका जिल्लाहरुको अधिवेशन र २४ साउनमा एक भन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन तोकिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ