arrow

कांग्रेस महाधिवेशन बारेमा जीपी फाउन्डेसन सुदुरपश्चिमले गरायो अन्तरक्रिया 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ३ बिहिबार
jp-foundation.jpg

काठमाडौं। नेपाली कांग्रेसको १४औं महाधिवेशनको बिषयमा गिरिजाप्रसाद कोइराला फाउण्डेशन सुदुरपश्चिम प्रदेशले राष्ट्रिय भर्चुअल अन्तरक्रिया गरेको छ ।

कार्यक्रमका प्रमुख बक्ता एव नेपाली कांग्रेस केन्द्रीय सदस्य सुजाता कोइरालाले तोकिएको समयमा महाधिवेशन गर्न सकिने बताउँदै त्यसको लागि बिकेन्द्रीकृत रुपमा चुनाव गर्नुपर्ने बताइन् ।

पूर्व उपप्रधानमन्त्री कोइरालाले ५ बर्षमा चुनाव गर्न नसक्नुमा हामी सबै जिम्मेवार रहेको उल्लेख गर्दै संविधानले समेत निर्वाचन भनेकोले अरु बिकल्प नभएको बताइन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिलेन्द्र प्रसाद बडुले कांग्रेस जस्तो लोकतान्त्रिक पार्टीले सबै नेता कार्यकर्ताको सहयोगमा चुनाव गरेर कम्युनिष्ट सरकार विरुद्धमा आमनिर्वाचन जित्नका लागि पनि एकताको महाधिवेशन गर्नुपर्ने बताए । 

पूर्वमन्त्री एवं केन्द्रीय सदस्य एनपी साउदले पार्टी केन्द्रीय समितिको बैठकले पदाधिकारी वैठकले तय गरेको मिति नै पारित गर्ने बताए । नेता साउदले यहाँनेर पार्टी सभापति नै चुनावको पक्षपाती भएको दाबी गर्दै निराधार हल्ला चलाएर चुनाव सर्छ भन्नुको कुनै अर्थ नरहेको बताए ।

नेका केन्द्रिय सदस्य बद्री पाण्डेले १४औं महाधिवेशनबाट नयाँ विचार र नयाँ नेतृत्व सहितको केन्द्रीय समिति आएमा मात्र अधिनायकवादसँग लडन सकिने बताए । नेता पाण्डेले देशव्यापी जनमत नै चुनावको पक्षमा भएकोले नेतृत्वलाई चुनावबाट नभाग्न अनुरोध गरे ।

नेपाली कांग्रेसका युवानेता उमेशजङ्ग रायमाझीले ५ बर्ष भित्र चुनाव नगराउनु नेतृत्वको असक्षमता रहेको बताए । ०३६” सालको प्रतिकुलतामा जनमत संग्रह हुनसक्छ भने पार्टीको चुनाव किन नहुने भनेर प्रश्न तेर्साएका थिए ।

युवा नेता क्षितिज भण्डारीले नेपालको संविधानमा केन्द्रीय समिति र प्रदेश निर्वाचनबारे मात्र उल्लेख भएकोले सबै मिलेर प्रयत्न गर्दा पनि जिल्ला अधिवेशन कोरोना र बाढिपहिरो प्रभावित भएमा के गर्ने ? भन्नेबारे अब केन्द्रीय समितिको बैठकद्वारा दुरदर्शितापूर्वक बिकल्प सहितको रणनीति अख्तियार गर्न सुझाव दिए ।

नेपाली जमसम्पर्क समिति अमेरिकाका नेता सोमनाथ घिमिरेले पार्टीले महिलालाई पदाधिकारीमा उच्च स्थान दिनुपर्ने, जनसम्पर्क समिति अमेरिकाको कृयाशील सदस्यहरुको छानविन गर्दै पार्टीमा त्याग गरेकाहरुलाई अवसर दिनुपर्ने बताए । प्रवासी नेपालीको नाममा हुने भ्रष्टाचार र नक्कली प्रतिनिधि नियन्त्रणबारे महाधिवेशनले बोल्नुपर्ने घिमिरेले बताए ।

कार्यक्रममा केन्द्रीय सदस्य रमेश लेखक, चन्द्र भण्डारी, धनराज गुरुङ्ग, गुरुराज घिमिरे, प्रदिप पौडेल र विरबहादुर ओली लगायतले शुभकामना दिएका दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ