arrow

महाधिवेशनको नयाँ कार्यतालिका अनुमोदन गर्दै कांग्रेस

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ३ बिहिबार
congress-party-office-1.jpg.jpeg

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको वडादेखि केन्द्रसम्मको महाधिवेशनको संसोधित नयाँ कार्यतालिका अनुमोदन गर्दै छ ।

कांग्रेसले आज(विहीबार) बस्ने केन्द्रीय समिति बैठकमार्फत यसअघिको पदाधिकारी बैठकबाट संशोधन गरिएको महाधिवेशनको कार्यतालिकालाई अनुमोदन गर्न लागेको हो । संशोधित कार्यतालिका अनुसार केन्द्रीय महाधिवेशन १६ देखि १९ भदौसम्म गर्न प्रस्ताव गरिएको छ ।

यस्तै नयाँ कार्यतालिका अनुसार सदस्यता छानबिन समितिले २० असारभित्र सदस्यताको सूची केन्द्रीय समितिमा बुझाइसक्नु पर्नेछ ।

यसरी आएको सदस्यताको विवरणलाई सभापतिले हस्ताक्षर गरेर २४ असारमा निर्वाचन समितिलाई दिनु पर्ने छ । संसोधित नयाँ कार्यतालिका अनुसार ६ साउनमा वडा अधिवेशन तोकिएको छ ।

यस्तै ११ साउनमा गाउँ र नगर समितिको अधिवेशन, १६ साउनमा प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन, २० साउनमा संघीय निर्वाचन क्षेत्रको अधिवेशन, २० साउनमा एक निर्वाचन क्षेत्र भएका जिल्लाहरुको अधिवेशन र २४ साउनमा एक भन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन तोकिएको छ । यसैगरी प्रदेश समितिको अधिवेशन १ र २ भदौका लागि तोकिएको छ ।

कांग्रेसले अझैसम्म पनि महाधिवेशनका लागि महत्वपूणर् मानिने क्रियाशील सदस्यताको टुंगो लगाइसकेको छैन । कांग्रेसले आगामी महाधिवेशनसम्म क्रियाशिल सदस्य १० लाख पुर्याउने बताएको थियो ।

तर हालसम्म कांग्रेसले ८ लाख ३ हजार ३१७ क्रियाशिल सदस्यता वितरण गरेको जनाएको छ । यसैगरी विदेशस्थित जनसम्पर्क समितिहरुबाट २० हजार क्रियाशिल सदस्यता वितरण भएको कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

यसैगरी केही जिल्लाले अझैपनि सदस्यताको विवरण पठाएका छैनन । कांग्रेस पार्टी कार्यालयका सचिव प्रेम केसीका अनुसार सिन्धुपाल्चोक, बारा र सिराहाबाट सदस्यतासम्वन्धि विवरण पार्टीले बनाएको अनलाइन प्रणालीमा आउन बाँकी छ । यस्तै अन्य केही जिल्लाले पनि पूर्ण विवरण पठाइसकेका छैनन् । कांग्रेस पार्टी कार्यालयका सचिव केसीले ७ असारसम्म विवरण प्रणालीमा पठाइसक्न निर्देशन भइसकेको जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ