arrow

‘कांग्रेसको महाधिवेशन कर्मकाण्डीका रुपमा गर्ने हो भने त्यसको औचित्य छैन्’

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २ बुधबार
ramesh panday-mayor.jpg

काठमाडौं । नेपाली कांग्रेसले भदौमा गर्न लागेको पार्टीको १४ औं महाधिवेशन कर्मकाण्डीका रुपमा गर्ने हो भने त्यसको कुनै औचित्य नहुने स्थानीय तहका नेता कार्यकर्ताहरुले गुनासो गरेका छन् ।

पार्टीको तल्लो तहसम्मको संगठनभित्र तात्विक भिन्नता तथा सांगठनिक जागरणर र परिवर्तन ल्याउन नसक्ने हो भने कर्मकाण्डी रुपमा मात्र महाधिवेशन गर्नुको औचित्य नभएको उनीहरुको भनाइ छ ।

नेपाली कांग्रेसका नेता तथा मध्यनेपाल नगरपालिका लमजुङका मेयर रमेश पाण्डे कसैलाई महाधिवेशन प्रतिनिधि र कसैलाई सभापति मात्र बनाउने महाधिवेशन आवश्यक नभएको औंल्याउँछन् ।

उनी भन्छन्, ‘अधिवेशन आउँदैछ, राम्रो कुरा हो । तर हामी सबैको सोच महाधिवेशन प्रतिनिधि बन्ने ,सभापति बन्ने र शेर वहादुर देउवा, रामचन्द्र पौडेल र कुनैपनि कोइरालालाई सभापति बनाउने भन्ने मात्र हो भने अधिवेशन कर्मकाण्डी बन्दछ । महाधिवेशनले त कार्यकतामा भरोसा जाग्नुपर्छ र निकास निकाल्नु पर्दछ ।’

आफ्नै जिल्ला लमजुङ कांग्रेसमा देखिएको समस्यालाई उजागर गर्दै उनले प्रश्न गरे,‘ हिजोका दिनमा हामी सबै सक्रिय थियौं तर पनि लमजुङमा किन कांग्रेस पराजित भयो ? यसको उत्तर नखोज्ने हो भने हामीले खोजेको कांग्रेस बन्दैन ।’

त्यस्तै उनले कांग्रेसमा क्रियाशिल युवाहरुलाई लक्षित गर्दै भने, ‘तपाइँहरु राजनीतिमा हुनुहुन्छ ? किन हुनुहुन्छ ? र कसका लागि हुनुहुन्छ ? यसको उत्तर खोज्नुहोस।’

आगामी भदौ १६ देखि १९ गतेसम्म हुने भनिएको १४ औँ महाधिवेशनमा कांग्रेसका तल्लो स्तरका कार्यकर्ता र शुभेच्छुकहरुमा जागरण ल्याउन सक्नुपर्ने, आम नेपालीहरुमा भरोसा र विश्वास जगाउने हुनुपर्ने आवाज उठ्दै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ