arrow

तत्काल राहत प्याकेज घोषणा गर्न नेता सिंहको आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २ बुधबार
prakash-man-shing2.jpg

काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले बाढी पीडितहरुको उद्धार तथा राहतको लागि सरकारलाई गम्भीरताका साथ लाग्न आग्रह गरेका छन् ।

सिन्धुपाल्चोक, मनाङ लगायत देशका विभिन्न भागमा अविरल वर्षाका कारण आएको बाढीले जनजीवन कष्टकर भएको भन्दै उनले तत्काल राहतको प्याकेज घोषणा गर्न समेत सरकारलाई आग्रह गरेका हुन् ।

बुधाबार बिहान सामाजिक सञ्जाल मार्फत नेता सिंहले थप क्षति हुन नदिन सरकारले तत्काल जोखिम न्युनीकरणको योजना बनाएर लाग्नु पर्ने सुझाव दिएका छन् ।

नेता सिंहले खोलामा पानीको बहाव बढ्दा मेलम्ची क्षेत्रका धेरै बजार र पक्की पुलहरूमा ठूलो क्षति भएको भन्दै बाढीका कारण घरबार बिहिन भएकाहरुको तत्कालै उद्दार तथा राहतको व्यवस्थापन गर्न र बेपत्ताहरुको खोजी गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ