arrow

कांग्रेसले दियो गोलन्जोरलाई हजारौं मास्कसहित स्वास्थ्य सामग्री

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार २ बुधबार
help-sindhuli.jpg

काठमाडौं । नेपाली कांग्रेसले सिन्धुलीको गोलन्जोर गाउँपालिकामा हजारौं मास्क, स्यानिटाइजर, फेस शिल्ड, अक्सिमिटर लगायत हस्तान्तरण गरेको छ । ‘कोही पनि नागरिक स्वास्थ्य सेवाबाट बन्चित नहोउन्’ भन्ने नेपाली कांग्रेस सिन्धुली–काठमाडौं सम्पर्क समिति र नेपाली कांग्रेस गोलन्जोर–काठमाडौं सम्पर्क समितिको संयुक्त अभियान अन्तर्गत सोमबार ४२ हजार मास्क, २५ लिटर स्यानिटाइजर, २० वटा फेस शिल्ड, २ वटा पीपीई, २ वटा अक्सिमिटर सोही गाउँपालिकाका स्वास्थ्य कार्यालयका वीरेन्द्र साह, शान्ता भण्डारी, नेपाल शिक्षक संघ सिन्धुलीका जिल्ला उपाध्यक्ष सुमन कोइराला, गोलन्जोर(३ का वार्ड अध्यक्ष पुष्कर बराल, नेपाल शिक्षक संघ गोलन्जोरका सचिव अनुप बराल लगायतको रोहबरमा गाउँपालिकाका अध्यक्ष एवम् कांग्रेस नेता पुष्पबहादुर कार्कीमार्फत हस्तान्तरण गरिएको कांग्रेसले जनाएको छ । 

सो हस्तान्तरण कार्यक्रममा अध्यक्ष कार्कीले दुवै सम्पर्क समितिलाई धन्यवाद दिँदै आगामी दिनमा पनि गोलन्जोरवासीको घाउमा यसैगरी मल्हम लगाउने विश्वास व्यक्त गर्दै सदैव हातेमालो गर्दै अगाडि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरे । 

उनले भने, ‘यो हामी सबैले एक अर्कालाई साथ दिने समय हो । हरेक नागरिकको आफ्नो प्यारो जीवन बचाउनको लागि हाम्रो प्रयास निरन्तर जारी रहने नै छ । हाम्रो एउटै कामना छ यस्तो बेलामा हस्पिटल र स्वास्थ्य सामग्रीको अभावमा कुनै पनि नागरिकले ज्यान गुमाउन नपरोस् । हाम्रो यस अभियानमा भित्रैदेखि तन, मन र धन तीनै कुराले सहयोग गर्नु हुने सन्दीप बराल प्रति हृदयदेखि नै धन्यवाद पनि दिन चाहन्छौँ ।’

उनले अगाडि भने, ‘नागरिकको जीवन रक्षाका लागि सबै आ–आफ्नो क्षेत्रमा विवेकपूर्ण ढङ्गले लागौँ । यो महामारीलाई हामी छिट्टै परास्त गर्नेछौँ र यो लडाईँ हामी अवश्य जित्नेछौँ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ