arrow

कांग्रेस नेता शाहीलगायतको टोलीद्वारा बाल गृहलाई खाद्यान्न सहयोग  

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १ मंगलबार
bal griha.jpg

काठमाडौं । नेपाली कांग्रेसका नेता भुपेन्द्रजङ शाहीले बाल गृहलाई खाद्यान्न हस्तान्तरण गरेका छन।

बानेश्वर संगम चोकमा रहेको नयाँ नेपाल समाज केन्द्र नामक बालगृहलाई २५० केजी चामल, १० किलो दाल, १० लिटर तेल लगायतका खाद्यान सामग्री बाल गृहमा पुगेर शाही लगायत युवा नेताहरुले हस्तान्तरण गरेका हुन।

गृहका संचालक कृष्णराज गुरुङले कोरोनाका कारण गृहलाई परेको कठिनाइमा हातेमालो गरेकोमा युवा टिमलाई धन्यवाद दिए । १२ बर्षअघि सुरु भएको उक्त गृहले सयौं बालबालिकालाई आश्रय दिइसकेको छ । देशका बिभिन्न जिल्लाका बालबालिका यो गृहमा बस्दै आएका छन् ।

हाल ५५ जना बालबालिका यो गृहमा छन भने शान्ता माया गुरुङ र कृष्ण गुरुङ बालबालिकाको हेरचाहमा खटिदै आइरहेका छन । गुरुङ दम्पत्तीले संचालन गर्दै आएको गृहमा अन्य ६ जना सहगोगीहरु पनि छन् ।

खाद्यन्न हस्तान्तरण गर्दै कांग्रेस नेता शाही, बीपी स्टडी युथ सर्कल केन्द्रीय अध्यक्ष ऋषि कोइरला, प्रदेश अध्यक्ष सुमन गिरी र नुवाकोट अध्यक्ष सुवास कट्टेलले अभियानमा थप सहकार्य गर्न आफूहरु प्रतिवद्ध रहेको जनाएका छन् ।

‘बीपी स्टडी युथ सर्कल’ले बिगत १२ दिनदेखि काठमाडौंमा दैनिक पाँचसय जना भन्दा बढीलाई निःशुल्क खाना खुवाउँदै आइरहेको छ । हालसम्म अभियानले सात हजार बढीलाई खाना बितरण गरिसकेको छ । मजदुरको काम रोकिएपछि हातमुख जोर्न समस्या भएसंगै युवाहरुले यस्ता अभियानलाई अघि बढाएका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ