arrow

विपद्‍बाट हुने क्षति न्यूनीकरणका लागि पूर्वतयारी गर्न गृहमन्त्रीलाई गगनको सुझाव

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १ मंगलबार
Gagan-Thapa-gaidakot.jpg

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री गगन थापाले विपद्‍बाट हुने क्षति न्यूनीकरणका लागि पूर्वतयारी गर्न गृहमन्त्रीलाई आग्रह गरेका छन् ।

मंगलबार सामाजिक संजालमार्फत गृहमन्त्री खगराज अधिकारीको ध्यानाकर्षण गराउँदै विपदलाई रोक्न नसके पनि क्षति न्यून गर्न सकिने बताएका हुन् ।

थापाले पूर्वतयारी नगरिएकै कारण कोरोना महामारीले ठूलो क्षति गरेको स्मरण गराउँदै विपद्बाट क्षति न्यूनगर्न पूर्व सावधानी, खोज, उद्धार र सुरक्षाका लागि अविलम्ब तयारी गर्न भनेका छन् ।

'यस मनसुनमा बाढीपहिरोको उच्च जोखिम रहेको विज्ञले बताइरहेका छन्। अतः क्षति न्यून गर्न पूर्वसावधानी, खोज, उद्धार र सुरक्षाका लागि अविलम्ब तयारी गर्न गृहमन्त्रीको ध्यानाकर्षण गराउँछु', उनले लेखेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ