arrow

मुख्यमन्त्री पोखरेललाई विश्वप्रकाशको सुझाव:  छायाको होइन ऐनाको सुझाव लिनुहोस्

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार १ मंगलबार
biswaprakash2.JPG

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्‍ता विश्‍वप्रकाश शर्माले गण्‍डकी प्रदेशका मुख्‍यमन्‍त्री कृष्‍णचन्‍द्र नेपाली पोखरेललाई छायाको होइन ऐनाको सुझाव लिन आग्रह गरेका छन् ।

सामाजिक संजालमार्फत मुख्यमन्त्रीलाई सुझाव दिंदै शर्माले मुख्यमन्‍त्रीको कर्मसँग पार्टीको आगामी छवि गाँसिने भन्‍दै राम्रो गर्न सुझाएका हुन् ।

‘समय संवेदनशील छ। राम्रो सावित हुन धेरै राम्रो गर्नुपर्छ,’ आलोचित हुन एक गल्ती या एउटा भ्रम काफी हुन्छ। त्यसैले छायाको होइन ऐनाको सुझाव लिनुहोस्। हेक्का रहोस् तपाईंको कर्मसँग पार्टीको आगामी छवि गाँसिन्छ,’ शर्माले लेखेका छन् ।

मुख्यमन्त्रीको पदभार सम्हालेलगत्तै गरिएको एक निर्णयका कारण आलोचना खेपेका पोखरेललाई शर्माले भनेका छन्, ‘गलत निर्णय नगर्न, सच्याउन र नकारात्मक प्रचार चिर्न संयोजन गर्न आग्रह गरेका छन् । सही निर्णय गर्न विज्ञलाई सुन्‍न र इमान, पारदर्शिता र नम्रतालाई केन्द्रमा राखेर काम गर्नुहोस ।’

त्यस्तै शर्माले अगाडी लेखेका छन्, ‘सही निर्णय गर्न विज्ञलाई सुन्नुहोस्। जान्नुहुन्छ नै पद आउँछ, जान्छ तर स्मृतिमा रहन्छ कर्महरू। इमान, पारदर्शिता र नम्रतालाई केन्द्रमा राख्नुहोस् ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ