arrow

नरोत्तम बैद्यमाथि फौजदारी अभियोगमा मुद्दा लगाइए कांग्रेसले प्रतिकार गर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ३१ सोमबार
Narotham baidhya.jpg

काठमाडौं । वाग्मती प्रदेशसभा सदस्य नरोत्तम बैद्यमाथि फौजदारी अभियोगमा मुद्दा लगाइएकोप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।

कांग्रेस बाग्मती प्रदेशका संसदीय दलका नेता ईन्द्र बानियाँले बैद्यमाथि फौजदारी अभियोगमा मुद्दा चलाउन लागिएको भन्दै त्यसको विरोध जनाएका हुन् । 

उनले प्रदेशसभामा बोलेको विषयमा सांसद बैद्यले प्रदेशसभाको बैठकबाटै माफी मागेर आत्मालोचना गरिसकेको विषयमा सरकारले फौजदारी कसुर लगाएर गिरफ्तार गर्न खोज्नु गलत हुने पनि बताए । सोमबार पत्रकार सम्मेलनमार्फत नेता बानियाँले संविधानअनुसार पनि बैद्यमाथि फौजदारी कसुर आकर्षित नहुने धारणा राखे ।

उनले फसाउने षड्यन्त्रका साथ कसुर लगाएर पक्राउ गरिए कांग्रेसले सशक्त रुपमा प्रतिकार गर्ने पनि चेतावनी दिएका छन् । उनले भने,‘ माननीय नरोत्तम बैद्यजीले गल्ती स्विकारेर आफ्नो शब्द संसदको रेकर्डबाट हटाउन भनिसक्नुभएको छ । तर, षड्यन्त्र गरेर पक्राउ गरिए कांग्रेसले चुप लागेर बस्दैन् । हामी प्रतिकारमा उत्रिन्छौं ।’

सांसद वैद्यविरुद्ध एमाले कार्यकर्ताले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा उजुरी दिएका छन् । तर संघीय वा प्रदेशसभाका सांसदले सदनभित्र अभिव्यक्त गरेको विषयलाई लिएर त्यहीँबाहेक अन्यत्र कुनै पनि निकायमा प्रश्न उठाउन वा उजुरी गर्न नपाइने उल्लेख छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ