arrow

कांग्रेस पूर्व सांसद अधिकारी रहेनन्, कोरोना बन्यो कारक 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ३१ सोमबार
haribhakta-adhikari-congres.jpg

लमजुङ । नेपाली कांग्रेस लमजुङका पूर्वसभापति एवं पूर्व सांसद हरिभक्त अधिकारीको ८० वर्षको उमेरमा निधन भएको छ । विगत सात वर्षदेखि मधुमेह, उच्च रक्तचाप लगायतका रोगले थलिएर ओछ्यानमा परेका अधिकारीलाई कोरोना भाइरसको संक्रमण देखिएपछि जेठ २८ गते मनमोहन मेमोरियल अस्पताल स्वयम्भूमा उपचारका लागि लगिएको थियो । 

उनको आइतबार राति ११ बजे निधन भएको कांग्रेस लमजुङ–काठमाडौँ सम्पर्क समितिका सभापति प्रदीपराज अधिकारीले जानकारी दिए । 

वि.स. १९९८ पुस २१ गते लमजुङको दुराडाँडामा जन्मिएका अधिकारी २०५६ सालको प्रतिनिधिसभा निर्वाचनमा लमजुङ क्षेत्र नं २ बाट निर्वाचित भएका थिए । स्व अधिकारीका श्रीमती, दुई छोरा र एक छोरी छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ