arrow

भदौ १६ देखि १९ सम्म

काँग्रेसको १४ औँ महाधिवेशन ९ दिन पछि सर्‍यो

भदौ १६ देखि १९ सम्म काठमाडौँमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २९ शनिबार
nepali-congress-flag-tree.jpg
फाइल तस्बिर

काठमाडौँ । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको मिति नौ दिन पछि सर्ने भएको छ। सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा पार्टी पदाधिकारी र पूर्व पदाधिकारीको आजको बैठकले महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म गर्ने निर्णय गरेको सहमहामन्त्री डा प्रकाशशरण महतले जानकारी दिए। 

उक्त निर्णय काँग्रेस केन्द्रीय कार्यसमितिको आगामी असार ३ गते बस्ने बैठकले पारित गर्ने उनले बताए। काँग्रेसले यसअघि केन्द्रीय महाधिवेशन आगामी भदौ ७ देखि १० गतेसम्म काठमाडौँ गर्ने तालिका निर्धारण गरेको थियो। सोहीअनुसार क्रियाशील सदस्यतासम्बन्धी कार्य टुङ्ग्याउने र अन्य तहका अधिवेशन गर्ने मिति तोकिएको थियो ।

सहमहामन्त्री डा. महतले केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिले सदस्यता छानविनका लागि २० असारसम्मको समय पाएको जानकारी दिए । 

समितिले सभापतिलाई क्रियाशीलको सूची बुझाइसकेपछि २४ असारमा सूची सार्वजनिक गरिनेछ । र, ६ साउनबाट तल्ला तहको अधिवेशन सुरु गर्ने प्रस्ताव पारित भएको छ ।

महामारीको विषम परिस्थितिका कारण यसअघिको निर्धारित महाधिवेशन कार्य तालिका प्रभावित भएको भन्दै काँग्रेसले नयाँ कार्य तालिका निर्धारण गर्नुपरेको जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ