arrow

सर्लाहीमा कांग्रेस क्रियाशिल सदस्यता विवतरणमा विवाद

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २९ शनिबार
congress-sarlaihi.jpg

सर्लाही । नेपाली काँग्रेस सर्लाहीमा क्रियाशील सदस्य वितरण तथा नवीकरणमा पार्टी जिल्ला सभापतिले मनोमानी गरेको आरोप लागेको छ ।

केन्द्रीय सभापति शेरबहादुर देउवा निकट मानिएका जिल्ला सभापति नागेन्द्र कुमार रायले स्वेच्छाचारी ढंगले क्रियाशील सदस्यता वितरण गरिएको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय नेताहरुले आरोप लगाएका हुन् ।

पौडेल समूहका नेताहरुले शनिबार हरिपुरमा पत्रकार सम्मेलन गरी असन्तुष्टी व्यक्त गरेका हुन् । जिल्ला सभापति रायमा निरकुंश प्रवृत्ति हाबी भएको आरोप लगाइएको छ ।

पत्रकार सम्मेलनमा पूर्व पार्टी जिल्ला सभापतिहरु लक्ष्मण राय, सत्यदेव सिंह दनुवार, संविधान सभा सदस्य रामचन्द्र चौधरी, नेताहरु विनोद खान, नवीन अधिकारीलगायत सहभागी थिए ।

पौडेल समूहका नेताहरुले अहिलेको गतिविधि पार्टी विधान विपरीत रहेका कारण पुराना कार्यकर्ताको मनोबल खस्कनुका साथै पार्टी सांगठनिक हिसाबले कमजोर हुने भएकाले आफ्ना कदमहरु तत्काल सच्याउन जिल्ला सभापतिसँग माग गरेका छन् ।

क्रियाशील सदस्यता दिंदा वडा कमिटीबाट विभिन्न समिति हुँदै माथिल्लो निकायमा पुग्नु पर्ने भएपनि त्यसो हुन नसकेको नेताहरुको गुनासो छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ