arrow

महाधिवेशनबारे निर्णय गर्न कांग्रेस पदाधिकारी बैठक शनिबार

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २८ शुक्रबार
congress-party-office-1.jpg.jpeg

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १४औं महाधिवेशन बारे निणर्य गर्न पदाधिकारी बैठक बोलाएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले महाधिवेशन बारे छलफल गर्न भन्दै भोली शनिबारका लागि पार्टीका पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक बोलाएका हुन् । सभापति देउवाका सहयोगी भानु देउवाले शनिबार २ बजे बुढानिलकण्ठमा बैठक बोलाइएको जानकारी दिए ।

बैठकमा कोरोना संक्रमणलाई ध्यान दिंदै महाधिवेशन कुन प्रक्रियाबाट गर्ने भन्ने विषयमा छलफल हुने बताइएको छ । 

कांग्रेसले ७-१० भदौका लागि तोकिएको महाधिवेशलाई दुई साता सार्ने गरी आन्तरिक तयारी अघि बढाएको हो । जसअनुसार वडा तहदेखि केन्द्रसम्मकै कार्यतालिकामा सामान्य हेरफेर गर्ने कांग्रेसको योजना छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ