arrow

काँग्रेस नेता गणेश लामालाई रिहा गर्न कास्कीका प्रजिअ गौतमको आदेश

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २८ शुक्रबार
ganesh-lama-want-to-enter-maiost-19285.jpg

पोखरा । बिहीबार दिउँसो पक्राउ परेका नेपाली काँग्रेसका नेता गणेश लामालाई रिहा गर्न जिल्ला प्रशासन कार्यालय कास्कीले आदेश दिएको छ ।

कास्कीमा प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले नेता लामासहित तीन जनालाई नै रिहा गर्न आदेश दिएका हुन् ।

प्रजिअ गौतमको आदेशसँगै लामासहित पक्राउ परेका नेताहरू चन्द्र लामा र रमेश खड्का पनि सँगै रिहा हुँदै छन् ।

यद्यपि कागजी प्रक्रिया पूरा गर्ने क्रम जारी रहेकाले करिब एक घण्टामा नेता लामा रिहा हुने कास्की काँग्रेसका सभापति कृष्ण केसीले जानकारी दिए ।

प्रशासन कार्यालयमै रहेका सभापति केसीले लामासहित तीन जना नै विना सर्त रिहा हुन लागेको बताए ।

प्रहरीले उनलाई लकडाउन उल्लङ्घन गर्दै पोखरा आएको आरोपमा बिहीबार लेकसाइडस्थित एक होटेलबाट पक्राउ गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ