arrow

क्यान्सर प्रतिष्ठानको स्वायत्ततामा कांग्रेसको जोड

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २६ बुधबार
bp-hospital.jpeg

काठमाडौँ । नेपाली कांग्रेसले बजेटमा ल्याइएको क्यान्सर संस्थानको अवधारणामार्फत तीन स्थापित क्यान्सर अस्पतालको स्वायत्ततामाथि सरोकार पक्षले गम्भीर प्रश्न उठाइसक्दा पनि सरकारले राखेको मौनताप्रति  असन्तुष्टि व्यक्त गरेको छ । 

अर्बुद रोगको अध्ययन, अनुसन्धान र उपचारलाई राज्यले थप व्यवस्थित, प्रोत्साहन र बढावा दिन जरुरी रहेको जनाउँदै कांग्रेसले त्यसका लागि स्थापित स्वास्थ प्रतिष्ठान भरपर्दो आधार भएको जनाएको छ । 

विसं २०४६ को परिवर्तनपछि कांग्रेसको नीति र नेतृत्वमा स्वदेशी र वैदेशिक सहयोगमा स्थापित र विकसित केही क्यान्सर अस्पताल मुलुकमा छन् । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बुधवार विज्ञप्ति जारी गरी समयानुकूल तिनको क्षमता विस्तार गर्ने र तीमार्फत नवीन अनुसन्धानमा सहजीकरण गर्ने कर्तव्य राज्यको भएको जनाउँदै सक्षम प्रतिष्ठानलाई नै अध्ययन र अनुसन्धानका लागि प्रोत्साहन र सशक्तीकरण गर्ने योजना उपयुक्त हुने बताएका छन्  ।
 
 कांग्रेसले भक्तपुर क्यान्सर अस्पताल, भक्तपुर, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, बाँकेलाई संस्थान मातहतमा ल्याउनेबारे गहिरो अध्ययन, विज्ञ परामर्श र सरोकार पक्षसँग  छलफलपछि मात्रै उचित विकल्पको निष्कर्ष टुंगो गरिनुपर्ने जनाउँदै यस्तो संवेदनशील विषय हाल यथास्थितिमा राख्न  सरकारसँग आग्रह गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ