arrow

संवैधानिक इजलास सोमबार नबस्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २४ सोमबार
supreme-court-constitution-bench.jpg
फाइल तस्बिर

काठमाडौँ। प्रतिनिधिसभा विघटनका विषयमा संवैधानिक इजलासले मुद्दाको सुनुवाइ गर्ने कार्य आज(सोमबार)का लागि स्थगित भएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबराको स्वास्थ्यमा समस्या भएपछि आजका लागि इजलास स्थगित भएको र बुधवार मात्रै संवैधानिक इजलास बस्ने सर्वोच्चले जनाएको हो।

आइतबार प्रधानन्यायाधीश जबराले प्रतिनिधि सभा विघटनका बारेमा सर्वोच्च अदालतमा परको रिटको सुनुवाइ गर्नका लागि भन्दै पाँच सदस्सीय संवैधानिक इजलास गठन गरेका थिए।

इजलास गठनका विषयमा आइतबार विवाद भएपछि विवादकै बीच आज बस्ने गरी इजलास स्थगित गरिएको थियो।

आइतबार प्रधानन्यायाधीश जबराले आफूसहित न्यायाधीशहरू दीपककुमार कार्की, मिरा खड्का, ईश्वर खतिवडा र आनन्द मोहन भट्टराईको  संवैधानिक इजलास गठन गरेका थिए।

इजलासमा तोकिएका न्यायाधीशहरू दीपककुमार कार्की र आनन्द मोहन भट्टराईको विषयमा प्रश्न उठेपछि विवाद भएको हो। उनीहरूमाथि सरकारी वकिलहरूले प्रश्न उठाउँदै आइरहेका छन् । प्रधानन्यायाधीशले वरिष्ठताका आधारमा इजलास गठन गर्दा कार्की र भट्टराई दोहोरिएका हुन्।

आइतबारको सुनुवाइमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई धारा ७६ (५) अनुसार प्रधानमन्त्री बनाउन आदेश माग गर्दै रिट दिएका चार जनाले संवैधानिक इजलासको रोस्टरमा भएका कुनै पनि न्यायाधीशले यो मुद्दा हेर्न नमिल्ने निवेदन दिएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ