arrow

संसद विघटन बिरुद्धका रिटको सुनुवाइ प्रधानन्यायाधीशको एकल बेन्चमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १३ बिहिबार
cholendra-rana-chief-justic.jpg

काठमाडौं । संसद विघटन विरुद्ध सर्वोच्च अदालतमा परेका रिटहरुको सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आफ्नै बेन्चमा पारेका छन् ।

संसद विघटन बिरुद्ध सर्वोच्चमा ३० वटा रीट परेका छन् । ती मध्ये बिहीबार पेशी तोक्दा प्रधानन्यायाधीश राणाले संसद विघटन बिरुद्धका १९ रिटको सुनुवाइ आफ्नै बेन्चमा पारेका हुन् ।

सर्वोच्च अदालतका अनुसार अन्तरिम आदेश माग गरिएका १९ वटा रिटको सुनुवाइ आज(बुधबार) हुने छ । बाँकी ११ रिटको भने भोली शुक्रबार का लागि पेशी तोकिएको छ । ती रिट संवैधानिक इजलासमा लगिनु पर्ने माग राखिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ