arrow

पार्टीका कमजोरी सुधार्न प्रचण्डले मागे सुझाव, कार्यकर्तालाई पठाए इमेल

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ११ मंगलबार
Prachanda-new-FNL.jpg.jpeg
फाइल तस्बिर

काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले विगतमा धेरै कमजोरी गरेको तथा अब यी कमजोरी सुधार्न के गर्नुपर्छ भन्दै पार्टी पङ्क्तिसँग इमेलमार्फत सुझाव मागेका छन्।

नेकपा एमालेसँग पार्टी एकता गरेपछि नेकपा (माओवादी केन्द्र) कुनै अस्तित्वमा नभएको तर फागुन २३ गते सर्वोच्च अदालतको फैसलापछि अलग अलग पार्टीका रूपमा आउँदा अध्यक्ष दाहालले पार्टी पङ्क्तिसँग सुझाव मागेका हुन्। उनले पार्टीभित्र नेतृत्वले गरेका कमजोरी औँल्याउँदै त्यसमा सुझाव दिन आग्रह गरेका हुन्।

केही दिन अघि सबै तहका कार्यकर्तालाई उनले इमेल गर्दे सुझाव मागेका थिए । कस्तो पार्टी बनाउने, पार्टीभित्र देखिएका विकृतिहरूलाई कसरी हटाउने तथा अहिलेसम्म भएका कमजोरीहरूबारे पार्टी पङ्क्तिको धारणा के हो भन्ने बारेमा उनले सुझाव मागेको एक नेताले बताए । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य शिवबहादुर बस्नेतका अनुसार अध्यक्षको तर्फबाट केन्द्रीय कार्यालयले यस्तो सुझाव मागिएको हो।

जेठ ५ मा प्रचण्डले पार्टी, जन वर्गीय सङ्गठन, मोर्चा एवं सामुदायिक सङ्गठन सम्बन्धी समग्र सुझाव सबै प्रदेश, केन्द्रीय निकाय र मोर्चा सङ्गठनहरूलाई पठाउन भन्दै परिपत्र पठाएका हुन । उनले ५ वटा बुँदामा रहेर सुझाव मागेका हुन् । उनीहरूलाई दुई साताभित्र सुझाव दिन आग्रह गरिएको छ । राजनीतिक बजारमा नेकपा माओवादी केन्द्र र नेकपा एमालेको माधव नेपाल समूहबिच एकीकरण हुने हल्ला चलिरहेका बेला प्रचण्डले यस्तो सुझाव मागेका हुन् ।  

प्रचण्डले मागेका सुझाव यस्ता  छन्:
१) पार्टी सङ्गठनको नीति, विधि र पद्धतिको विकास र कार्यान्वयनको सम्बन्धमा विगतका कमी कमजोरी के के रहन गए र त्यसको समाधानका उपायहरू के के हुन सक्छन् ?
२) पार्टीलाई आजको चुनौती सामना गर्न सक्ने गतिशील, जनप्रिय र क्रान्तिकारी पार्टी बनाउन के गर्नुपर्ला ?
३) सङ्गठनमा पात्र र व्यक्तिहरू छनौट गर्दा के कस्तो मापदण्डहरू अपनाउने ?
४) सङ्गठनलाई व्यवस्थित गर्न आर्थिक व्यवस्थापन कसरी गर्ने ? आचार र व्यवहारका सन्दर्भ मा न्यूनतम पालना गर्नुपर्ने विषयहरू के के हुन सक्छन् ?
५) जनपरिचालन र जनसङ्गठनको लागि के कस्तो विधि र उपाय अपनाउने ?



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ