arrow

संविधान र लोकतन्त्रमाथि गरेको प्रहारलाई जनताले क्षमा गर्ने छैनन् : नेता सिंह

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ८ शनिबार
prakashman11.jpg

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले प्रधानमन्त्री र राष्ट्रपतिले योजनाबद्ध रुपमा संविधान, लोकतन्त्र र परिवर्तनका एजेन्डाहरूलाई समाप्त पारेको आरोप लगाएका छन् ।

शुक्रबार मध्यरातमा प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले संसद विघटन गरि चुनावको घोषण गरेपश्चात् आफ्नो धारण सार्वजनिक गर्दै नेता सिंहले योजनाबद्ध षडयन्त्रबाट संसदमाथि प्रहार भएको टिप्पणी गरेका हुन् । मध्यरातमा चालिएको असंवैधानिक कदमको घोर गर्दै नेता सिंहले संविधान र लोकतन्त्रमाथि गरेको प्रहारलाई नेपाली जनताले क्षमा नगर्ने उल्लेख गरे ।

‘नेपाली जनता कोरोना महामारीमा रहेका बेला देशको प्राथमिकतामा ती जनताको जीवनरक्षा गर्ने हुनुपर्‍यो ।’ नेता सिंहले भनेका छन्–‘एउटा अविवेकी व्यक्ति कुन हदसम्म जान सक्छ भन्ने कुरा मध्यरातका कुकृत्यले उदांगो पारेको छ ।’

नेपाली जनता कोरोना महामारीमा रहेका बेला र जनताको जीवनरक्षा गर्नु पर्ने बेला चुनाव घोषाण गर्नु देशका लागी दुर्भाग्य भएको नेता सिंहको भनाई छ । कोरोना महामारीको सामना गरिरहेका जनता अस्पतालमा शैय्या अभावमा छट्पटाई रहेका बेला जनताको जीवन रक्षालाई बेवास्ता गर्दै प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीले निकृष्ट कर्म गरेको नेता सिंहले उल्लेख गरेका छन् ।

‘अक्सिजनको सिलिण्डर खोजिरहेका, अस्पतालमा शैय्या अभावमा छट्पटाइरहेकाहरूको जीवन रक्षालाई बेवास्ता गर्दै प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा संविधान र लोकतन्त्रमाथि गरेको प्रहारलाई नेपाली जनताले क्षमा गर्ने छैनन्,’उनले उल्लेख गरेका छन् ।

जनताले ५ वर्षका लागि निर्वाचित गरेको संसद भंग गरेर यो महामारीको बेलामा जनताको जीवन बचाउन होइन मत माग्न जाउँ भन्नू मानवीयताको दृष्टिकोणले समेत गलत भएको नेता सिंहको भनाई छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ