arrow

मुलुक संविधान असफल बनाउने बाटोतिर गयो : कांग्रेस नेता लेखक

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ८ शनिबार
ramesh_lekhak.jpg
रमेश लेखक

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता रमेश लेखकले मुलुक संविधान असफल बनाउने बाटो तिर अग्रसर भएको बताएका छन् । 

नेता लेखकले प्रधानमन्त्री पदमा दाबी गरिएका केपी ओली र शेरबहादुर देउवाको माग दाबी राष्टपतिबाट खारेज भएपछि प्रतिक्रिया दिंदै लेखकले संविधान र विधि पद्धतिलाई स्वीकार गर्न नसक्ने राष्ट्रपति र प्रधानमन्त्रीबाट संविधान र लोकतन्त्र सुरक्षित हुन नसक्ने र खतरा बढेको बताए । 

‘संविधान नै असफल बनाउने खेल शुरु भएको छ, राष्ट्रपति विद्यादेवी भण्डारीबाट पदको गरिमा, मर्यादा बिर्सिएर संविधान नै च्यात्ने काम भयो, लोकतन्त्र र संविधानलाई नै असफल बनाउने दिशामा अघि बढ्दै छ,’ नेता लेखकले हाम्राकुरासँग भने ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ