arrow

कम्युनिष्ट शासन पतनको कारण  

logo
भावना शाही, 
प्रकाशित २०७८ वैशाख २८ मंगलबार
bhawana-shahi.jpg

इतिहासमा कम्युनिष्टहरुले मानवीय चेतनाका भाषा बुझ्ने प्रयास गरेनन् । शासनको मुल आधार मानवता र स्वतन्त्रता विरोधी बनाउनाले कम्युनिष्ट शासन पतन हुन पुग्यो । देश र जनताले सकारात्मक परिवर्तन प्राप्त गर्नुको सट्टा कम्युनिष्ट क्रान्ति र नीतिका कारण विचारका बन्दी समग्रमा सामाजिक अचेतन राजनीति भन्दा पनि व्यक्तिगत स्वार्थपूर्तिका लागि बनाइएको निश्चित निर्देशित समाज र आर्थिक रुपमा घोर शोषण एवं भ्रष्टाचारयुक्त अवस्थाको शिकार बन्न पुग्यो । 

कम्युनिष्ट शासनले मानवता र न्याय समाप्त पार्छ र अन्ततः देशलाई खोक्रो पार्छ भन्ने कुरा प्रष्ट भयो । कम्युनिष्टहरुको चरित्र भनेकै पार्टीका संगठित सदस्यहरुको सहभागितामा मात्रै सबै कुरा सम्पन्न हुनुपर्दछ भन्ने अलोकतान्त्रिक विचारबाट कार्यकर्ताको मात्रै स्थान हुनुपर्छ र अरु जनता भनेका कम्युनिष्ट नेताका सोचाइमा दास मात्र ठीक ठान्ने र मानवीय स्वाभिमान राज्य निर्देशित अतिक्रमण र सम्पत्तिमा राज्यको एकाधिकार नागरिकमाथि नियन्त्रण गर्न खोज्न पनि कम्युनिष्ट शासनको उपज हो । 

संसारमा कम्युनिष्टका बलिया भनिएका राष्ट्रहरुबाट कम्युनिष्ट शासनहरु भकाभक जब ढल्न थालेपछि त्यसपछि नेपाली कम्युनिष्टहरुले पनि त्यहीबेलादेखि वैचारिक स्वतन्त्रताको महत्त्व बुझेको तर आत्मसात नगरी केवल बहानाबाजी जनताका सामु गरे मानवीय स्वतन्त्रताको चाहनाले विश्वव्यापी रुपमा परेको प्रभाव र गैरलोकतान्त्रिकवादीहरुलाई लोकतान्त्रिक मार्गमा डोहोर्याउन कांग्रेसको प्रयास स्वरूप विसं २०४६ देखि मात्रै नेपालका कम्युनिष्टहरुले लोकतन्त्रका मान्यताहरु प्रजातान्त्रिकरण पारदर्शितालाई अन्तरआत्मले नमाने पनि स्वीकार गरेको प्रत्याभूति जनतालाई दिन खोजे । 

लोकतन्त्रमा मात्र आफ्नो अस्तित्व रहन सक्ने यथार्थलाई बोध गर्दै आफूलाई जीवित गराइ राख्न परिवर्तनका लागि तयार भएको नाटकमात्र देखाए ।  लोकतन्त्रलाई उपयोग गर्दै मौका पर्खे र अवसर प्राप्त गर्न बित्तिकै कांग्रेसका कमीकमजोरीलाई तिललाई पहाड बनाउँदै नारागत रुपमा पार्टीलाई विकसित गरी नेपालका कम्युनिष्टहरु आजको ठाउँमा आइपुगेका हुन् । 

बिडम्बना नै के हो भने नेताहरु उग्रनारा तथा व्यवहारबाट निर्देशित हुन्छन्  र देश विकासको अमूल्य समय खेर गइरहेको हुन्छ नेपालका कम्युनिष्टहरु लोकतन्त्रवादी, समाजवादी भएको आभास दिन पनि खोज्छन् र साम्यवादको नाराबाट शक्ति हत्याइ जनतालाई झुक्याउने रणनीति अख्तियार गरेकै कारण आज यो अवस्था भोक्नु परेको हो । 

त्यसैले नेपालमा कम्युनिष्टहरुको समाजवाद कुनै दृष्टिबाट प्रष्ट नभएको कारण यही कम्युनिष्ट अलमलको राजनीतिबाट देश र जनतालाई मुक्त राख्दै मुलुकलाई लोकतान्त्रिक समाजवादको मार्गमा अगाडि बढाउनु नै कांग्रेसको चुनौती र जिम्मेवारी हो । (शाही नेपाली कांग्रेस शुभेच्छुक समन्वय समितिकी केन्द्रीय सदस्य हुन्)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ