एमालेलाई फुटबाट जोगाउने अन्तिम कसरत, लेखा समितिको कार्यकक्षमा ओली र नेपाल समूहको बैठक
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २६ आइतबार
1.8k
Shares
तस्बिर : फाइल
काठमाडौँ। विभाजनको डिलमा पुगेको एमाले जोगाउने कसरत स्वरूप अहिले दुवै पक्षका नेता वार्तामा बसेका छन्।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफ्नो तर्फबाट वार्ता गर्न अर्थमन्त्री विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङलाई खटाएका छन्। माधव पक्षबाट स्वयं माधवकुमार नेपाल, नेता योगेश भट्टराई, मेटमणि चौधरीलगायतका नेता सहगामी छन्।
सिंहदरबारस्थित लेखा समितिको कार्यकक्षमा वार्ता चलिरहेको छ। ओलीको आधिकारिक प्रतिनिधि बनेर पौडेल र नेम्वाङ सिंहदरबार पुगेका हुन्।