arrow

अक्सिजन सिलिन्डर भरेर राख्नेहरुलाई कडा कारबाही, स्वास्थ्य मन्त्रालयले दियो चेतावनी !

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २३ बिहिबार
oxygen-122.jpg

काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विभिन्न उद्योग र अक्सिजन सिलिन्डर भरेर राखेकाहरूलाई फिर्ता गर्न निर्देशन दिएको छ। मन्त्रालयले अनुगमनका क्रममा धेरै अक्सिजन सिलिन्डरहरू खालि रहने र भरेर राखेको पाइको बताउँदै अस्पताललाई उपलब्ध हुने गरी ती सिलिन्डर फिर्ता गर्न निर्देशन दिएको हो।

कोभिड१९का सङ्क्रमितको ज्यान जोगाउनका लागि अत्यावश्यक अक्सिजन सिलिन्डर सरकारको निर्देशन विपरीत भरेर राखेको पाइएमा कडा कारबाही हुने समेत मन्त्रालयले जनाएको छ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले स्थानीय प्रशासनलाई यस विषयमा अनुगमन गरी सिलिन्डर अस्पताललाई उपलब्ध गराउन र यस्ता उद्योग एवं सरोकारवालाहरूलाई कारबाही गर्न निर्देशन दिएको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ