arrow

फर्किए कतारी राजा, राष्ट्रपति पौडेलले गरे बिदाइ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १२ बुधबार
farewell-nepal-qatar-king.jpg

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको दुई दिने राजकीय भ्रमणमा आएका कतारका राजा शेख तमिम विन हमद अल थानी बुधबार दिउँसो स्वदेश फर्किएका छन् । 

राष्ट्रपति पौडेलले कतारका अमिर थानीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा बिदाई गरे । सो अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख, राष्ट्रियसभाका अध्यक्ष,उपप्रधानमन्त्री, मन्त्री एवम् परराष्ट्र मन्त्रालयका उच्च पदाधिकारीहरूको उपस्थिति थियो । 

सो अवसरमा नेपाली सेनाले २१ तोपको सलामी अर्पण गरेको थियो । 

राष्ट्रपति पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको दुई दिने राजकीय भ्रमणमा कतारका राजा थानी मंगलबार अपरान्ह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए । 

राष्ट्रपति पौडेलले विमानस्थलको अति विशिष्ट कक्षमा उनको स्वागत गरेका थिए । कतारका राजा विमानस्थलबाट राष्ट्रपति भवन शीतल निवास पुगेका थिए ।

शीतल निवासमा राष्ट्रपति पौडेल र कतारका राजाबीचको प्रतिनिधिमण्डलसहित द्विपक्षीय भेटवार्ता भएको थियो । राष्ट्रपति पौडेलले कतारका राजाको सम्मानमा मंगलबार रात्रिभोज आयोजना गरेका थिए । सो अवसरमा विविध सांस्कृतिक झलक पनि प्रस्तुत गरिएको थियो । 

कतारका राजाको यो पहिलो भ्रमण हो भने उनको आगमनमा नेपाल सरकारले मंगलबार सार्वजनिक बिदा दिएको थियो । 

कतारका राजाको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बुधबार भएको भेटवार्ता तथा दुई देशबीचको प्रतिनिधिमण्डलसँको भेटघाटपछि  प्रधानमन्त्रीले आयोजना गरेको दिवाभोजमा सरिक भएर स्वदेश फर्किएका हुन् । 

नेपाल र कतारबीच आठ क्षेत्रमा समझदारी भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ