arrow

फर्किए राजा, राष्ट्रपतिले गरे बिदाइ [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १२ बुधबार
king-thani-ramchandra-poudel.jpg

काठमाडौँ ।  दुई दिने नेपाल भ्रमणमा सकेर कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी स्वदेश फर्किएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलेको निमन्त्रणमा मंगलबार नेपाल आएका राजा थानी आज स्वदेश फर्किएका हुन् ।

नेपालमा दुई दिने भ्रमणका क्रममा दुई देशबीच विभिन्न क्षेत्रमा सहकार्य गर्ने समझदारी भएको छ । दुई दिने राजकीय भ्रमण सकेर स्वदेश फर्किएका उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले बिदाइ गरे । 

राजा थानीलाई बिदाइ गर्न राष्ट्रपति पौडेल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । उनको बिदाइ गर्न उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे लगायत मन्त्रीहरू पनि विमानस्थलमा पुगेका थिए । 

राजा थानीले नेपालमा रहँदा मंगलवार साँझ राष्ट्रपति रामचन्द्र पौडेल र बुधवार बिहान प्रधानमन्त्री पुष्पकमल दाहालसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ