arrow

राष्ट्रपति–राजाः एयरपोर्टदेखि डिनरसम्म [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ११ मंगलबार
president-ramchandra-poudel-king-thani.jpg

काठमाडौँ । कतारका राजा शेख तमिम विन हमद अल थानी राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका छन् । मंगलबार अपरान्ह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लेका उनलाई राष्ट्रपति पौडेलले विमानस्थलमा स्वागत गरेका थिए । 

त्यसपछि उनीहरुबीच राष्ट्रपति भवन शीतल निवासमा भेटवार्ता भएको छ । अनि राष्ट्रपति पौडेलले थानीको सम्मानमा साँझ रात्रिभोजको आयोजना गरे । सो अवसरमा विविध सांस्कृतिक झलक पनि प्रस्तुत गरिएको थियो । 

रात्रिभोजमा प्रथम महिला सविता पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालको उपस्थिति रहेको थियो । 

त्यस्तै रात्रिभोजमा प्रधानन्यायाधीश, पूर्वप्रधानमन्त्रीहरु, उपप्रधानमन्त्री, मन्त्री, सांसद, उद्योगपति एवं विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित महानुभावको सहभागिता थियो । 

बुधबार दुई देशका प्रतिनिधिमण्डलस्तरीय भेटवार्ताको कार्यक्रम छ । त्यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गर्नेछन् । 

president-ramchandra-poudel-king-thani (1).jpeg
president-ramchandra-poudel-king-thani (1).jpg
president-ramchandra-poudel-king-thani (2).jpeg
president-ramchandra-poudel-king-thani (2).jpg
president-ramchandra-poudel-king-thani (3).jpeg
president-ramchandra-poudel-king-thani (3).jpg
president-ramchandra-poudel-king-thani (4).jpeg
president-ramchandra-poudel-king-thani (5).jpeg
president-ramchandra-poudel-king-thani (6).jpeg
president-ramchandra-poudel-king-thani (7).jpeg
president-ramchandra-poudel-king-thani (8).jpeg
president-ramchandra-poudel-king-thani (9).jpeg
president-ramchandra-poudel-king-thani (10).jpeg
president-ramchandra-poudel-king-thani (11).jpeg
president-ramchandra-poudel-king-thani (12).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ