arrow

राजाको स्वागतमा चिटिक्क काठमाडौँ [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ११ मंगलबार
shital-niwas-2081-always.jpg

काठमाडौँ । कतारका राजा शेख तमिम बिन हमद अल थानीको स्वागतका लागि सङ्घीय राजधानी काठमाडौँ सिँगारिएको छ । कतारका अति विशिष्ठ पाहुनाको स्वागतका लागि काठमाडौँको मुख्य सडक, चोकमा स्वागतद्वार, तुल ब्यानरसहित चिटिक्क पारिएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि तीनकुने, नयाँ बानेश्वर, बबरमहल, माइतीघर, त्रिपुरेश्वर, कालीमाटी, जमल, लैनचौर, त्रिपुरेश्वरलगायत क्षेत्रमा स्वागतद्वारसहित सडक सफाइलगायतका व्यवस्थापन गरिएको छ ।

काठमाडौँ महानगरपालिकाले काठमाडौँका विभिन्न स्वागतद्वारा निर्माण, सडक सरसफाइलगायतका काम गरेको हो । महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले कतारका अमिरको स्वागतका लागि महानगरपालिकाले सडक सौन्दर्य, सरसफाइ, हरियाली कायम राख्नेदेखि शान्तिसुरक्षामा समेत व्यवस्थापकीय काम गरेको बताए । 

“काठमाडौँ महानगरपालिकाले कतारका राजाको नेपाल भ्रमणका सन्दर्भमा हामीले गर्दै आएको काम थप प्रभावकारी बनाएका छौँ, सरसफाइ, स्वागतद्वार, साजसज्जाका साथ नगरप्रहरीहरु परिचालनमा विशेष ध्यान दिएका छौँ”, उनले भने ।

काठमाडौँका विभिन्न सडक चोकमा नेपाल र कतारको झण्डा फहराइएको छ । स्वागतद्वारामा नेपालका राष्ट्रपति रामचन्द्र पौडेल र कतारका राजाको तस्बिर अङ्कित ब्यानर राखिएको छ ।

उक्त ब्यानरमा जीवित देवी कुमारीले नमस्कार गरेको तस्बिर पनि आकर्षकरुपमा सजाइएको छ । उपत्यकाका संस्कृति परम्परा झल्कने विभिन्न तस्बिर अङ्कित ब्यानरले सर्वसाधारणको ध्यान आकर्षित गरेको छ ।

‘कतारका मौसुफलाई हार्दिक स्वागत छ, कतारका अमिर र विशिष्ठ पाहुनालाई हार्दिक स्वागत छ’ जस्ता ब्यानरले काठमाडौँको सडक सजिएका छन् । विशिष्ठ पाहुना आवतजावत गर्ने सडकमा विशेष सुरक्षा सतर्कता अपनाइएको छ । प्रत्येक स्वागतद्वारमा सुरक्षाकर्मीले पहरा दिइरहेका छन् ।

विमानस्थलदेखि राष्ट्रपति कार्यालय शीतलनिवास, राजा बस्ने पाँचतारे सोल्टी होटल, कार्यक्रम हुने स्थल द्वारिकाज होटलसम्मको सडक चिटिक्क पारिएको छ । 

काठमाडौँ महानगरपालिका, गैरआवासीय नेपाली सङ्घ र नेपालस्थित कतार राजदूतावासले कतारका अमिरको भव्य स्वागतका लागि स्वागतद्वार निर्माण गरेका छन् । 
 
सरकारले कतारका अमिरबाट हुने नेपालको राजकीय भ्रमणका अवसरमा मंगलबार सार्वजनिक बिदा दिएको छ । 

राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा कतारका राजा सँझ नेपालको दुई दिने राजकीय भ्रमणमा आउँदै छन् । 
 

welcome-qatari-king-thani-2081-01-11 (1).jpg
welcome-qatari-king-thani-2081-01-11 (2).jpg
welcome-qatari-king-thani-2081-01-11 (3).jpg
welcome-qatari-king-thani-2081-01-11 (4).jpg
welcome-qatari-king-thani-2081-01-11 (5).jpg
welcome-qatari-king-thani-2081-01-11 (6).jpg
welcome-qatari-king-thani-2081-01-11 (7).jpg
welcome-qatari-king-thani-2081-01-11 (8).jpg
welcome-qatari-king-thani-2081-01-11 (9).jpg
welcome-qatari-king-thani-2081-01-11 (10).jpg
welcome-qatari-king-thani-2081-01-11 (11).jpg
welcome-qatari-king-thani-2081-01-11 (12).jpg
welcome-qatari-king-thani-2081-01-11 (13).JPG


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ