arrow

दुई वटा न्यारोबडी जहाज भाडामा लिने निगमको तयारी [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ २३ मंगलबार
nepal-airlines-narrowbody.jpg

काठमाडौँ । नेपाल वायुसेवा निगमले मुलुकको पर्यटन प्रवर्द्धनमा बलिया उपस्थिति जनाउने उद्देश्यले दुई वटा न्यारोबडी जहाज भाडामा लिन लागेको बताएको छ । मंगलवार निगमले दुई वटा न्यारोबडी जहाज भाडामा लिनको लागि सार्वजनिक खरिद ऐन, नियम बमोजिम सार्वजनिक माध्यमबाट अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको हो । 

निगमका प्रवक्ता रमेश पौडेलले जहाज भाडामा दिने कम्पनीले विमान, चालक दल, मर्मत सम्भार, बिमा समेत आफैँले व्यहोर्ने र नेपाल वायुसेवा निगमले बजार व्यवस्थापन गर्ने सम्झौतामा दुई वटा न्यारोबडी जहाज भाडामा लिन लागिएको बताए। । उनले निगमको कार्ययोजना अनुरूप हाल निगमसँग भएको दुई वटा वाइडबडी जहाज जापान, सिड्नी र कोरिया उडानमा प्रयोग हुँदा अन्य क्षेत्रमा हाल भएका दुई वटा न्यारोबडी जहाजले उडान चापको माग धान्न नसक्ने भएकोले दुई वटा जहाज थप गर्न लागेको उल्लेख गरे ।

उनले थप भएका दुई जहाजले अहिले रहेको उडान चापलाई व्यवस्थापन गर्ने गरी दिल्ली, दुबई, दोहा, मलेसिया लगायतका क्षेत्रमा उडान थप गरी आय बढाउने योजना रहेको बताए । उनले जहाज भाडामा लिएपछि भैरहवाबाट समेत अन्य गन्तव्यमा उडान भर्ने योजना निगमको रहेको दाबी गरे । 

उनले नेपाल सरकारबाट विभिन्न समयमा गठित निगम सुधार आयोग, समितिहरूले समेत निगमको सम्भावित व्यापारलाई बिस्तार गर्न अहिले भएका जहाजले नपुग्ने र तत्काल जहाज थप्नुपर्ने सुझाव र निगमको दश वर्षे व्यावसायिक योजना अनुरूप बजार बिस्तार गर्नको लागि जहाज थप गर्न लागिएको जिकिर गरे । उनले जहाजहरू आगामी जुलाई २०२४ सम्ममा निगमको उडानमा आइसक्ने अपेक्षा गरिएको उल्लेख गरे । पौडेलले निगमसँग भएका जहाज ग्राउण्डेट गरेर जहाज भाडामा लिन नलागेको भन्दै निगमसँग भएका सबै जहाजले उडान गरिरहेको बताए ।

उनले भने,‘नेपाल वायुसेवा निगमले देशको पर्यटन प्रवर्द्धनमा समेत सशक्त उपस्थिति देखाइ विदेशी पर्यटकहरूलाई समेत सेवा दिने उद्देश्यले दुई वटा न्यारोबडी जहाज वेट लिज विमान, चालक दल, मर्मत सम्भार, बिमा समेत उक्त कम्पनीले लिने प्रक्रिया पारदर्शी ढङ्गले गर्नको लागि तालुक मन्त्रालयको समेत सहमति लिई सार्वजनिक खरिद ऐन, नियम बमोजिम आज मिति २०८० माघ २३ गते सार्वजनिक माध्यमबाट अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ । निगमको कार्ययोजना अनुरूप हाल निगमसँग भएको दुई वटा वाइडबडी जहाज जापान, सिड्नी र कोरिया उडानमा प्रयोग हुँदा अन्य सेक्टरमा हाल भएका दुई वटा न्यारोबडी जहाजले उडान चापको माग धान्न नसक्ने भएकोले थप भएका जहाजले सो चापलाई व्यवस्थापन गरी दिल्ली, दुबई, दोहा, मलेसिया लगायतका सेक्टरमा उडान थप गरी आय बढाउने तथा भैरहवाबाट समेत अन्य गन्तव्यमा उडान भर्ने योजना रहेको छ । नेपाल सरकारबाट विभिन्न समयमा गठित निगम सुधार आयोग, समितिहरूले समेत निगमको सम्भावित व्यापारलाई बिस्तार गर्न अहिले भएका जहाजले नपुग्ने र तत्काल जहाज थप्नुपर्ने सुझाव दिएको सन्दर्भमा निगमको दश वर्षे व्यावसायिक योजना अनुरूप बजार बिस्तार गर्नको लागि जहाज थप गर्न लागिएको छ । उक्त जहाजहरू आगामी जुलाई २०२४ सम्ममा निगमको उडानमा आइसक्ने अपेक्षा गरिएको छ । निगमसँग भएका जहाज ग्राउण्डेट गरेर जहाज भाडामा लिन लागेको हैन । अन्तर्राष्ट्रिय व्यापारको लागि आवश्यक ४ वटा मात्रै जहाज नेपाल वायुसेवा नियमसँग छन् । ती जहाजहरू ग्राउण्डेट छैनन् । उडिरहेका छन् । नेपालका छिमेकी देशहरूको एउटा निगमसँग ४०० भन्दा बढी जहाजहरू छन् । एसिया क्षेत्रको राष्ट्रिय ध्वजावाहक जहाज भन्ने तर ४ वटा जहाज राखेर ४ सय जहाज भएको मुलुकसँग प्रतिस्पर्धा गर्न सक्दैन । प्रतिस्पर्धाको लागि जहाज आवश्यक परेको हो । निगमले भाडामा लिने जहाजको लागि विमान, चालक दल, मर्मत सम्भार, बिमा समेत भाडामा जहाज दिने कम्पनीको हुने र बजार व्यवस्थापन नेपाल वायुसेवा निगमको जिम्मा हुन्छ । निगमले त्यो साधन स्रोत ल्याएर सम्भाव्य बजारलाई बढाएर आम्दानी गर्ने,निगमको आम्दानी पनि बढाउने जहाजको भाडा पनि तिर्ने गरी योजना अगाडि बढेको हो । निगमका विगतमा विभिन्न काण्डहरू थिए भनेर निगम तर्सेर बस्ने अवस्था होइन । समय परिस्थिति परिवर्तन भइसकेको छ । समयसँगै चल्नुपर्छ । व्यवसायी पुरानो समय यस्तो थियो भनेर बस्ने होइन । व्यवसायीको सिद्धान्त भनेको लगानी र स्रोत साधन थपेर अगाडि बढ्नुपर्छ भन्ने हो । निगम त्यही बाटोमा लागेको छ ।’

प्रवक्ता पौडेलले राष्ट्रिय ध्वजावाहक जहाज भन्ने तर ४ वटा जहाज राखेर ४ सय जहाज भएको मुलुकसँग प्रतिस्पर्धा गर्न नसक्ने अवस्था रहेको भन्दै अन्य देशसँग प्रतिस्पर्धाको लागि जहाज आवश्यक परेको बताए । उनले विमान, चालक दल, मर्मत सम्भार, बिमा समेत भाडामा जहाज दिने कम्पनीको हुने र बजार व्यवस्थापन नेपाल वायुसेवा निगमको जिम्मा रहने बताए । 

उनले निगमले साधन स्रोत ल्याएर सम्भाव्य बजारलाई बढाएर आम्दानी गर्ने, निगमको आम्दानी पनि बढाउने र जहाजको भाडा पनि तिर्ने गरी योजना अगाडि बढेको बताए । उनले निगमका विगतमा विभिन्न काण्डहरू थिए भनेर निगम तर्सेर बस्ने अवस्था नभएर लगानी र स्रोत साधन थपेर अगाडि बढ्नुपर्छ भन्ने बाटोमा निगम लागेको उल्लेख गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ