arrow

जहाज किनेको किस्ता तिर्दै निगम

logo
हाम्रा कुरा
प्रकाशित २०८० माघ १ सोमबार
nepal-airlines-narrowbody.jpg

काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले जहाज खरिदवापतको रु ५३ करोड भुक्तानी गरेको छ । 

निगमले चालु आर्थिक वर्षको पुस महिनाको किस्ताबापतको रु ५३ करोड नौ लाख ५५ हजार दुई सय ८१ कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषलाई भुक्तानी गरेको हो । 

निगमका प्रवक्ता रमेश पौडेलका अनुसार निगमले अन्तरराष्ट्रिय उडानका लागि खरिद गरेका दुई न्यारो बडी र दुई वाइड बडी जहाजका लागि दुई कोषबाट लिएको ऋण दायित्वमध्ये दुई न्यारो बडी जहाजको पुस मसान्तको किस्ताबापत पूरा र दुई वाइड बडी जहाजको आंशिक रकम भुक्तानी गरिएको हो ।

निगमले पछिल्लो १८ महिनमा किस्ताबापत रु चार अर्ब ८३ करोड ५७ लाख ३१ हजार ६८७ भुक्तानी गरिसकेको प्रवक्ता पौडेलले जानकारी दिए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ