arrow

फोनपेको ‘झट्ट ट्रान्सफर, चट्ट कार’ 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १५ बिहिबार
fonepay pic.jpg

काठमाडौं । भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्भिस लिमिटेडले सञ्चालनमा ल्याएको ‘झट्ट ट्रान्सफर, चट्ट कार’ योजनाका दैनिक विजेतालाई आइफोन हस्तान्तरण गरिएको छ । फोनपेले असोज ३१ देखि पुस १६ गतेसम्म सञ्चालन हुने गरी ल्याएको यस योजनामा हालसम्म ३० जनालालाई आइफोन १३ हस्तान्तरण गरिएको छ । 

विजेताहरूलाई फोनपेका ब्राण्ड एम्बेष्डर सन्दीप क्षेत्रीले आइफोन हस्तान्तरण गरे । यो योजनामा फोनपे डाइरेक्टमार्फत अन्तरबैंक रकम ट्रान्सफर गर्ने व्यक्तिले हरेक दिन एक वटा आइफोन जित्न सक्नेछन् । यस्तै बम्पर उपहारमा एक जना भाग्यशाली विजेताले कार उपहार पाउने छन् । फोनपेले डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्धेश्यले गत वर्ष पनि यो योजना सञ्चालनमा ल्याएको थियो । 

डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने उद्धेश्यले यो वर्ष पनि यस योजनालाई निरन्तरता दिइएको फोनपेको भनाइ छ । फोनपेमार्फत कुनै पनि बैंकमा रकम प्राप्त गर्ने व्यक्तिको मोबाइल नम्बर उल्लेख गरेर रु १० मै सहज रुपमा रकम पठाउन सकिन्छ । फोनपे नेटवर्कमा आवद्ध कुनै पनि बैंक तथा वित्तीय संस्थाका मोबाइल एप्समा रहेको सेण्ड मनि अप्सनमा गइ फोनपे डाइरेक्ट क्लिक गरी सहजै रकम पठाउन सकिन्छ । 

फोनपे पेमेन्ट सर्भिस लिमिटेड नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त नेपालको एक अग्रणी र प्रतिष्ठित भुक्तानी प्रणाली सञ्चालक हो । फोनपे नेटवर्कमा ६० वटा बैक तथा वित्तीय संस्था आवद्ध छन् । 

यस्तै फोनपेमा हालसम्म  ६ लाख भन्दा बढी मर्चेन्ट रहेका छन् । एक करोड ३० लाखभन्दा धेरै मोबाइल बैंकिङ प्रयोगकर्ता तथा ४५ लाख बढी भुक्तानी सेवा प्रदायकका मोबाइल एप्समार्फत  यसले सेवा प्रदान गर्दै आएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ