arrow

सबै स्मार्ट फोनको एउटै चार्जर बनाउन युरोपेली सङ्घको दबाब

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज ७ बिहिबार
mobile-internet-1.jpg

ब्रसेल्स। युरोपेली सङ्घले सबै स्मार्ट फोनमा एउटै प्रकारको चार्जर प्रयोग हुने व्यवस्था विश्वभरि गर्न दबाब दिएको छ ।सङ्घको यस दबाबले विश्वभरि धेरै प्रयोग भएको एप्पल फोनको उत्पादक कम्पनीलाई धक्का लाग्नसक्ने छ । 

युरोपेली आयोगले एक प्रकारको चार्जर भएमा विद्युत् खपत पनि कम हुने र चार्जर धेरै खेर जाने समस्या पनि कम हुने विश्वास लिएको छ । त्यसैगरी उपभोक्ताहरूलाई हरेक पटक नयाँ फोन किन्दा नयाँ चार्जर पनि किन्नुपर्ने बाध्यता हट्ने र विद्युतीय सामग्रीहरूको फोहोर कम हुने आयोगको निष्कर्ष छ । 

तर एप्पल कम्पनीले भने आयोगको निर्णयले नयाँ आविष्कार गर्न र विविधतालाई निरुत्साहित गर्ने दाबी गरेको छ ।आयोगको निर्देशनका कारण अव मोबाइल फोनको चार्जर उत्पादकहरूले एकै प्रकारको चार्जर बनाउनु पर्ने बाध्यता आइपर्ने भएको छ । 

युरोपेली आयोगले मोबाइल फोन, ट्याबलेट तथा हेडफोनहरूका निम्ति समान प्रकारको चार्जरसम्बन्धी कानुनको मस्यौदा तयार पारेर पेस गरेको अधिकारीहरूले जनाएका छन् ।

आयोगका कानुन निर्माताहरूले सबै उपकरणलाई उपयुक्त हुने उचित प्रकारको चार्जर बनाउने व्यवस्था गर्नुपर्ने माग झण्डै एक दशकदेखि उठाउँदै आएका थिए । एकै प्रकारको चार्जरको प्रयोगले वातावरण संरक्षणमा समेत ठुलो योगदान गर्न सक्ने उनीहरूको दाबी छ । 

फालिएका तथा प्रयोगमा नआएका चार्जरका तारहरूका कारण हरेक वर्ष ११ हजार टन फोहोर उत्पादन हुने गरेको युरोपेली आयोगको एक अध्ययनले देखाएको थियो । सोही अध्ययनका अनुसार गत वर्ष युरोपेली सङ्घ मातहतका मुलुकहरूमा ४२ करोड मोबाइल फोन तथा अन्य हाते उपकरण विक्री भएका थिए ।

औसतमा प्रत्येक व्यक्तिसँग तीनवटा फोन चार्जर रहने गरेको जसमध्ये २ वटा प्रयोगमा आउने गरेको पनि अध्ययनले देखाएको थियो । 

आयोगको प्रस्तावित कानुनमाथी सुरुमा युरोपेली संसद् र सङ्घमा आबद्ध देशहरूले आन्तरिक रूपमा छलफल गरेर पारित गर्नु पर्ने भएकाले यो नियम लागु हुन तीन वर्षसम्म लाग्न सक्ने बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ