arrow

१ टेराबाइट स्टोरेज भएको आइफोन सार्वजनिक गर्दै एप्पल

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ २८ सोमबार
apple iphone.jpg

काठमाडौँ । मङ्गलवार अर्थात् भोलि एप्पलले आइफोन १३ सार्वजनिक गर्दै छ । सेप्टेम्बर १४ अर्थात् भोलिको दिन एप्पलको यस वर्षको सबैभन्दा महत्त्वपूर्ण लन्च इभेन्टका रुपमा रहेको छ ।

यो इभेन्टमा कम्पनीले आइफोन १३ मोडेल सार्वजनिक गर्दै छ । यसबिच एप्पलका विश्लेषक मिंग ची कुओले कम्पनीले १ टेराबाइट स्टोरेजसहितको आइफोन १३ मोडेल सार्वजनिक गर्न सक्ने बताएका छन् । आइफोन १३ प्रो र आइफोन १३ प्रो म्याक्समा १ टेराबाइटसम्म स्टोरेज हुनसक्ने उनले बताएका हुन् ।

१ टेराबाइटमा १ हजार जीवी स्टोरेज हुन्छ । आइफोन १३ का यी मोडेल सबैभन्दा बढी स्टोरेज उपलब्ध गराउने आइफोनका रूपमा रहने समेत बताइएको छ ।

यस्तै एप्पलले तेस्रो जेनेरेसनको एयरपोड्स पनि सार्वजनिक गर्ने बताइएको छ । यद्यपि, सेकेन्ड जेनेरेसनका एयरपोड्स पनि बजारमा उपलब्ध रहनेछन् । यस्तै एप्पल वाच सिरिज ७ को बजारीकरण पनि अक्टोबरदेखि हुनसक्ने कुओको भनाइ छ ।

सेप्टेम्बर १४ अर्थात् भोलि एप्पलले आइफोन १३ सार्वजनिक गर्दै छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ