arrow

आइसोलेसनमा रहेका सांसदहरु बैशाख २७ गतेको बैठकमा के गर्लान् ?

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २२ बुधबार
samsad4.jpg

काठमाडौं । कोरोना भाइरसको संक्रमण तीब्र रुपले बढिरहेका बेला बैशाख २७ गतेलाई प्रतिनिधि सभाको विशेष अधिवेशन बोलाइएको छ ।

महामारी नियन्त्रणका लागि भनेर देशका ४५ बढी जिल्लामा पूर्ण र आशिंक निषेधाज्ञा जारी गरिएकै बेला संसद अधिवेशनको तयारी भइरहेको हो । संघीय संसद भवन वानेश्वरमा सांसदहरुको पीसीआर परीक्षण धमाधम चलिरहेको छ ।

प्रधानमन्त्रीले आफूसँग बहुमत सदस्यको विश्वास छ कि छैन भनेर जाँच गर्न  बैशाख २७ गते दिउँसो १ बजेका लागि डाकिएको बैठकमा कोरोना संक्रमण भइ अस्पताल वा होम आइसोलेसनमा रहेका सांसदहरुको बारेमा अहिलेसम्म कुनै निर्णय भएको छैन् ।

बैठकमा प्रधानमन्त्रीको पक्ष र विपक्षमा मतदान हुने भएकाले संक्रमित सांसदहरु प्रत्यक्ष उपस्थित हुनुपर्ने, एउटै कापीमा हस्ताक्षर गर्नुपर्ने भएपनि यस विषयमा संसद सचिबालय नाजवाफ छ ।

संघीय संसद सचिवालयका सचिव गोपालनाथ योगी भन्छन्,‘यस विषयमा सभामुखले केही व्यवस्था गर्नुहोला, कार्यव्यवस्था परामर्श समितिको बैठक बसेर टुंगो लगाइएला । तर अहिले नै चाहीं कुनै निर्णय भइसकेको छैन् ।’

पूर्वप्रधानमन्त्री झलनाथ खनाल, संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्री भानुभक्त ढकाल, ऊर्जा, जनस्रोत तथा सिंचाइ मन्त्री टोपबहादुर रायमाझी, खानेपानी मन्त्री मणि थापा, सांसद कृष्णकुमार श्रेष्ठ (किसान) लाई कोरोना संक्रमण भइ आइसोलेसनमा छन् । संक्रमण भइ आइसोलेसनमा रहेका सांसदहरु मध्ये अधिकांश प्रधानमन्त्री ओली निकट छन् ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ