arrow

मुगुमा आज राति देखि निषेधाज्ञा

logo
युद्धबहादुर मल्ल,
प्रकाशित २०७८ वैशाख २२ बुधबार
mugu-lockdown.JPG

मुगु । हप्ता दिन यताबाट मुगुको छाँयानाथ रारा नगरपालिका र खत्याड गाउँपालिकामा कोरोना भाइरसका सङ्क्रमितहरूको सङ्ख्या बढ्दै जान थालेपछि यसको रोकथाम तथा नियन्त्रणका लागी बुधवार राति १२ बजे देखि वैशाख ३१ गते सम्मका लागी निषेधाज्ञा लागु हुने भएको छ ।

मङ्गलवार जिल्ला प्रशासन कार्यालयमा बसेको कोभिड—१९ सङ्कट व्यवस्थापन केन्द्रको निर्णय अनुसार जिल्लामा कोरोना भाइरसका सङ्क्रमितहरूको सङ्ख्या बढ्न थालेपछि यसको रोकथाम तथा नियन्त्रणका लागी निषेधाज्ञा लगाइएको हो । 

छाँयानाथ रारा नगरपालिकामा रहेको जिल्ला अस्पतालमा सोमबार कोरोना भाइरसको परीक्षण गर्न पुगेकाहरूलाई एन्टिजन परीक्षण गर्दा ४ र खत्याड गाउँपालिकामा रहेको रातापानी प्राथमिक स्वास्थ्य केन्द्रमा ४ जना परीक्षण गर्दा ३ जनामा कोरोना भाइरस पोजेटिभ देखिएका थिए । 

पछिल्ला पोजेटिभ सँगै मुगुमा १८ जना सङ्क्रमित पुगेपछि यसको रोकथाम,नियन्त्रण तथा उपचारका लागी वैशाख २२ गते राति १२ बजे देखि वैशाख ३१ गते सम्म निषेधाज्ञा लागु गर्ने कोभिड—१९ सङ्कट व्यवस्थापन केन्द्रको निर्णय अनुसार प्रमुख जिल्ला अधिकारी चन्द्र बहादुर सिवाकोटीले निषेधाज्ञा जारी गरेको सहायक प्रमुख जिल्ला अधिकारी गणेश कोइरालाले जानकारी गराए ।

जिल्लाभर अति आवश्यक सेवा बाहेकका सबै सेवा बन्द गर्नुका साथै सवारी साधनमा पूर्ण रोक लगाउने होटेल,खाद्यान्न तरकारी फलफूल, ग्यास पसल तथा ब्यसायहरु बिहान ९ बजे देखि दिउँसो १२ बजे सम्म मात्र खोल्न पाइने भएको निर्णय गरेको छ भने यता खत्याड गाउँपालिकाले आफ्ना गाउँपालिका अति आवश्यक सो बाहेक सबै सेवा बन्द गर्ने र गाउँपालिका भित्र एक गाउँबाट अर्को गाउँसम्म आवत जावतमा रोक लगाएको छ ।

यो गाउँपालिकाले होटेल,खाद्यान्न तरकारी फलफूल, ग्यास पसल तथा ब्यसायहरु बिहान ८ बजे देखि ११ बजे तथा दिउसो ३ बजे देखि सम्म स्वास्थ्यका मापदण्ड अपनाएर खोल्ने निर्णय गरेको छ ।

यस्तै निषेधाज्ञा अवधिभर बैक तथा वित्तीय संस्थाहरू र अत्यावश्यक काम पर्ने सार्वजनिक कार्यालयहरूले अफिसमा आलोपालो कर्मचारी खटाई स्वास्थ्य सुरक्षाका मापदण्डमा रहेर सेवा प्रवाह गर्नुपर्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ