लुम्विनी प्रदेशमा राजनीतिक तरलता, विमला वली माओवादी केन्द्रमा प्रवेश
नारायण वली
प्रकाशित २०७८ वैशाख १९ आइतबार
962
Shares
रुपन्देही । लुम्बिनी प्रदेश सभाकी सांसद् विमला वली माओवादी केन्द्रमा प्रवेश गरेकी छन् । आइतबार मुख्यमन्त्री शंकर पोख्रेलले राजीनामा दिएपछि लुम्विनी प्रदेशमा राजननीतिक तरलताले यहाँको माहोल तताएको छ ।
विहान प्रदेश प्रमुख धर्मनाथ यादवलाई राजीनामा पत्र वुझाएर काठमाडौं जान ताकेका मुख्यमन्त्री पोख्रेललाई पुनः एमाले बहुमतको सरकार गठन गर्न संसदीय दलको निर्णय आएपछि फेरी काम चलाउ मुख्यमन्त्री रहेका पोख्रेलको नेतृत्वमा सरकार बन्ला अथवा के होला भन्ने अडकलबाजी चलिरहेका वेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट चुनाव लडेकी सांसद् विमला वली माओवादी केन्द्रमा प्रवेश गरेसंगै एमालेको बहुमत सरकार वनाउन बहुमत गुम्ने देखिएको छ ।
सांसद् वली नेकपाबाट चुनाव लडेकाले एमाले वा माओवादी केन्द्र रोज्ने अधिकार अन्तर्गत माओवादी केन्द्र रोजेको लुम्विनी प्रदेश सभाले जनाएको छ । सांसद् वलीले दल परिवर्तन गरेको पत्र समेत दर्ता गरिसकेको वुझिएको छ ।